कृषकहरु च्याउ खेती तर्फ आकर्षित

Read Time:3 Minute, 12 Second

गोविन्द  घर्ति

देवदह पौष १४, रुपन्देहीको देवदह क्षेत्रका कृषकहरु च्याउ खेती तर्फ आकर्षित भएका छन् । च्याउ खेतीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु च्याउखेती तर्फ आकर्षित भएका हुन ।  २०५४/०५५ सालबाट शुरु भएको च्याउखेती अहिले व्यवसायीक रुपमा च्याउ उत्पादन भएको छ । च्याउ खेती गर्न वाहिरी जग्गा जमिन नचाहिने  र घरकै कोठामा खेतीगर्न सकिने भएका कारण च्याउ खेतीमा लागेको देवदह–६ का कृषक कृष्ण राना बताउनु हुन्छ । च्याउ खेतीबाट यस वर्ष राम्रो आम्दानीको आशा राखेर ३ सय बोतल च्याउको विऊ लगाएको रानाको भनाई रहेको छ । च्याउ खेतीबाट राम्रो आम्दानी गर्न सकिने जानकारी पाएपछि आफु च्याउ खेतीमा लागेको उहाँको भनाई रहेको छ ।   च्याउ खेती फूर्सदको समयमा घरमा नै बसेर गर्न सकिने भएका कारण विगत १५ वर्ष अगाडि देखि व्यावसायीक रुपमा गर्दै आएको देवदह–६ का कृषक मञ्जु दाहालको भनाई रहेको छ । बार्षिक ५० बोतल भन्दा बढि च्याउको विऊ लगाएर ५० हजार जति आम्दानी लिने गरेको दाहालको भनाई रहेको छ ।  च्याउ खेतीबाट राम्रो आम्दानी हुने भएपछि व्यवसायीक रुपमा च्याउ खेती गर्दै आएको कृषक गंगा ढकालको भनाई रहेको छ । च्याउखेतीबाट राम्रो आम्दानी हुने जानकारी भएपछि व्यवसायीक रुपमा च्याउ खेती शुरु गरेको देवदह बाख्रा पालन समुहका यमरानाले बताउनु भयो । व्यवसायीक रुपमा समुहले ५ सय बोतल च्याउको विऊ लगाएको रानाको भनाई रहेको छ । शुरु शुरुमा च्याउ विक्रि गर्न केही कठिन हुने भएपनि अहिले आएर त्यो समस्या घट्दै गएको देवदह क्षेत्रका च्याउ उत्पादक कृषकहरुको भनाई रहेको  छ ।  च्याउ खेतीबाट राम्रो आम्दानी हुने भएकोले कुखुरा पालनको सट्टा व्यवसायीक च्याउ खेतीमा लागेको देवदहका कृषक रामप्रसाद देवकोटाले बताउनु भयो । केही वर्ष अगाडि सम्म च्याउ खान हिचकिचाउने भएपनि  अहिल आएर विवाह र भोज भतेरमा समेत च्याउको माग बढ्दै गएकोले खपतमा बृद्धि भएको देवकोटाको भनाई रहेको छ । आफुरुले व्यवसायीक रुपमा च्याउ खेती गरेपनि कृषि विकास कार्यालय र अन्य सरोकारवाला निकायले  कुनै सहयोग नगरेको कृषकहरुको भनाई रहेको छ ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %