कपिलवस्तुमा माघी महोत्सव हुने

Read Time:2 Minute, 15 Second

कमल चौधरी

बुटवल, कपिलवस्तुमा क्रियाशिल थारु समुदायका विभिन्न संघसंस्थाको आयोजनामा माघि महोत्सव हुने भएको छ । थारु समुदायले नया बर्षको रुपमा समेत मनाउने यो पर्व माघ १ देखि ३ गतेसम्म कपिलवस्तुको हथौसामा सञ्चालन हुनेछ ।

महोत्सवलाई सफलताका साथ मनाउन थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष जञ्जिर थारुको संयोजकत्वमा ३१ सदस्यीय गठन गरिएको छ । पूर्वसभासद संघप्रसाद थारु तथा आदिवासी जनजाति समन्वय समितिका धु्रव चन्द्र थारुको उपस्थितिमा गठन गरिएको समितिको सहसंयोजकमा गणेश प्रसाद थारु रहनु भएको छ । लोप हुन लागेको थारु संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा थारु समुदायका भेष भुषा खानपान, सांस्कृतिक नृत्य प्रस्तुत गरिने आयोजकले जनाकारी दियो । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको थारु समुदायका युवा पिढीलाई लक्षित गरी चार जिल्ला रुपन्देही, कपिलवस्तु, नवलपरासी र दाङबाट थारु गायन प्रतियोगिता गरिने महोत्सवका प्रचार प्रसार समितिका संयोजक श्रीनिवास चौधरीले जानकारी दिनुभयो ।

महोत्सव अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेका छ । त्यस्तै रुपन्देहीको मोतिपुर गाविसमा पनि गाविस स्तरीय थारु कल्याणकारिणी सभाको आयोजनामा माघी सांस्कृतिक कार्यक्रम हुने भएको छ । सभाका गाउ कमिटी अध्यक्ष श्यामलाल थारुको अध्यक्षतामा यही पुस २८ गते सांस्कृतिक कार्यक्रम हुने कार्यक्रम संयोज  छविलाल थारुले  बताउनु भयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %