काठमाण्डौ,पौष १३, सत्तारुढ दलको बैठकले सहमतिका लागि संविधानसभा पुनस्थापनिा सहित चार विकल्प अघि सारेको छ । संघीय लोकतान्त्रिक गठवन्धनको बिहिबार बसेको बैठकले सहमतीय सरकारका लागि चार विकल्पहरुमा सहमति गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले आगामी पुस २५ गतेभित्र प्याकेजमा सहमति हुने हो भने सरकारको नेतृत्वमा जो सुकैको विकल्प पनि खुला गर्ने निर्णय गरेको छ । यो विकल्पमा सहमति नभए संविधानसभा पुनःस्थापनामा जाने विकल्प पनि खुला गरेको छ । बैठकले बाबुराम भट्टराई नेतृत्वकै सरकारमा प्रतिपक्षीहरुलाई समेटेर सहमतीय सरकारको बनाउने र सत्ता गठवन्धनभित्रबाटै सहमतीय सरकारको नेतृत्व चयन गर्ने विकल्प्लाई भने खुला राखेको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । बैठकमा मधेसी मोर्चाका संयोजकका रुपमा रहनु भएका गृहमन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भने पुनस्थापनाको विरोध गर्नु भएको थियो । गच्छदारले संविधानसभा पुनःस्थापना झन्झटीलो हुने भएकाले चुनावमा नै जानुपर्ने बताउनु भएको थियो ।
सहमतिका लागि सत्ता गठबन्धनका चार विकल्प तयार
Read Time:1 Minute, 36 Second
