महिला हिंसाविरुद्ध सिंहदरबार अगाडि धर्ना

Read Time:1 Minute, 23 Second

काठमाण्डौ, पौष १३, पछिल्लो समय महिला हिंसाका घट्नाहरु दिनप्रतिदिन बढ्दै जाँदा पनि सम्बन्धीत निकाय मौन रहेको भन्दै महिलाहरुले सिंहदरबारको दक्षिणी गेट अगाडि धर्ना दिएका छन् । विभिन्न नाराबाजीसहित एक घण्टासम्म जारी धर्नामा महिलामाथि हुने सबैप्रकारका हिंसापीडितलाई उचित प्रकारको न्याय र दोषीलाई कार्वाहीको दायरामा ल्याउन माग गरिएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालको आयोजनामा भएको कार्यक्रममा महिलाअधिकारसँग समबन्धित विभिन्न सरकारी तथा गैैरसरकारी कार्यालय, महिलाअधिकारकर्मी, मानवअधिकारवादी संघसंस्थाहरुले पनि समर्थन जनाएका थिए । धर्ना कार्यक्रमकै अवसरमा धादिङकी सरस्वती अधिकारी सुवेदीको घट्नालाई पनि तत्काल छानविन गरी दोषीउपर कार्बाही गर्न माग गरिएको छ ।  मंसिर महिनामा मात्रै हिंसाका कारण २६ जना महिलाले ज्यान गुमाएको अधिकारकर्मीहरुले बताएका छन् ।
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %