बाजे बजैको नाउमा पितृ पुजा

Read Time:1 Minute, 2 Second

बुटवल १३ पौष, नेपाल मगर संघ बुटवल नगर समितिले शुकंबार बुटवलमा (बाजे बज्यै) पितृ पुजा गरेको  छ । बुटवल नगरपालिका वडा नं ९ दीपनगरस्थित बाजे बज्यै थानमा पुजा गरिएको  संघका नगर सचिव ज्ञानबहादुर थापाले जानकारी दिनु भयो ।  कार्यक्रममा पूर्व मन्त्री एवं मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक ओनसरी घर्तिमगर प्रमुख अतिथिका रुपमा आउंनु भएको थियो । बुटवल नगरभित्रका मगर अगुवा, बुद्धिजीवि, समाजसेवी, संचारकर्मी लगायतको सहभागी रहेको कार्यक्रममा वडा स्तरीय सांस्कृतिक तथा नृत्य  प्रतियोगिता पनि गरिएको थियो । संघले हरेक वर्ष (धान्य पूर्णिमा) मंसिर पूर्णिमाका दिन पितृ पुजा गदैं आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %