पुर्बी पाल्पामा ट्याक्टर दुर्घटना, एकको मृत्यु ३ घाईते

Read Time:1 Minute, 40 Second

देब पचभैया
पाल्पा, पौष १०, पुर्बी पाल्पाको सहलकोटमा हिजो राती भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । ३ जना घाईते छन् । सहलकोट बाट सामान छोडेर रामपुर आउदै गरेको ट्याक्टर पुरनथर भन्ने स्थानमा दुर्घटना हुदा दर्छा ८ का २६ बर्षिय बेल बहादुर कुमालको मृत्यु भएको ईलाका प्रहरी चौकी रामपुरले जानकारी दिएको छ ।
दुर्घटनामा दर्छा ८ का २६ बर्षिय डोल बहादुर बिक,चालक यम बहादुर कुमाल र रामपुर ३ का ३५ बर्षिय मान बहादुर दरै घाईते भएका छन् । उनीहरुको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भैरहेको अस्पतालले जानकारी दिएको छ । उनीहरुको अबस्था सामान्य छ ।
 
ट्याक्टर २ सय मिटर तल खसेको थियो । वरालो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अस्पतालमा उपचार गराईरहेका चालक यम बहादुर कुमालले जानकारी दिएका छन् ।
घटनास्थल सदरमुकाम तानसेन देखि झण्डै ७० किलोमिटर पुर्ब पर्छ । घटना हिजो राती १० बजे तिरै घटेको भएपनि आज दिउसामात्रै संचारकर्मीले जानकारी पाएका थिए । जिल्ला प्रहरी कार्यालय पाल्पाले भने यस घटनाको बारेमा जानकारी नभएको बताएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %