मणिग्राम, बुटवल, नेपाल आदिबासी जनजाती महासंघ गाउ समन्वय परिषद आनन्दबनको आयोजनामा अन्तरनिहित प्रतिभा ब्याक्तित्व बिकाश पत्रकारिता उद्ध्घोषक तालीम सम्पन्न भएको छ । २५ मंसिर २०६९ बाट सुरु भै पौष ४ गते सम्पन्न भएको यो तालिम १० दिन सम्म सन्चालन भएको थियो । महिला, पुरुष, बालबालीका, बिद्ध्यार्थी गरी ५५ जना बिद्धयार्थीको तालीममा सहभागीता थियो । यो तालीमको लागी आनन्दवन गा. बि. स. ले ४२ हजार रुपैया उपलब्ध गराएको नेपाल आदिबासी जनजाति महासंघ समन्वय परिषद आनन्दवन गा. बि. स. का अध्यक्ष तथा संयोजक माटबरसिंग सलामी मगरले राज्यसत्ता डट्कम् लाई जानकारी दिए । प्रशिक्षक दिपु मगर र सरिता गुरुंगले प्रशिक्षर्ण दिएका थिए ।
अन्तरनिहित प्रतिभा पत्रकारिता सम्पन्न
Read Time:1 Minute, 5 Second
