गुरुङहरुले ल्होछार मनाउन सुरु गरे

Read Time:2 Minute, 52 Second

पुस ८, काठमाडौं, काठमाडौंमा बसोबास गर्ने गुरुङ (तमू) हरुले ल्होछार मनाउन सुरु गरेका छन् । हरेक वर्षको पुस १५ गतेका दिनलाई ल्होछारका रुपमा मनाउने गुरुङहरुले यस वर्ष भने साताव्यापी कार्यक्रमको आयोजना गरी ल्होछार मनाउन थालेका हुन् । ल्होछार मनाउने कार्यक्रमअन्तर्गत शनिबार पहिलो दिन गुरुङहरुले ल्होछारका विभिन्न पक्षबारे अन्तक्र्रिया गरी मनाएका छन् । ल्होछारका धार्मिक, सांस्कृतिक र सामाजिक महत्वबारे अन्तक्र्रिया गरेका गुरुङहरुले ल्होछारलाई राष्ट्रिय चाडका रुपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । मानवशास्त्री डा. ओम गुरुङले राष्ट्रिय जनगणनामार्फत् गुरुङ लगायतका आदिवासी जनजाति समुदायको अस्तित्व मेटाउन खोजेको आरोप लगाउनुभयो । जनसंख्या घटाएउने काम निन्दनीय भएको टिप्पणी गर्दै डा. गुरुङले ल्होछार मनाइरहँदा यस्ता कुरामा ध्यान दिन गुरुङहरुलाई आग्रह गर्नुभयो । ल्होछारको तामझाम गरिरहँदा आफ्ना मौलिक अधिकारप्रतिसमेत गुरुङहरु सचेत रहन आग्रह गर्दै निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त दोलखबहादुर गुरुङले आग्रह गर्नुभयो । निर्वाचन प्रक्रियामा सहभागी हुन मतदाता नामावलीमा नाम दर्ता गर्न प्रमुख आयुक्त गुरुङले आग्रह गर्नुभयो । नेपाल तमू महिला संघका अध्यक्ष चन्द्रकला गुरुङको अध्यक्षतामा भएको अन्तक्र्रिया कार्यक्रममा पच्यु (धार्मिक गुरु) हुमन गुरुङले ल्होछारका धार्मिक पक्षबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सांस्कृतिक झाँकी, लोक दोहोरी, विचार गोष्ठी, शुभकामना आदान–प्रदान, मोटरसाइकल ¥याली, मैत्रीपूर्ण फुटबल लगायतका कार्यक्रम गरिने ल्होछार मूल आयोजक समितिका अध्यक्ष कुम्भराज गुरुङले जानकारी दिनुभयो ।
‘तमू (गुरुङ) ल्होछार २०६९ को आव्हान, पहिचानसहितको संघीय संविधान’ भन्ने नाराका साथ  मनाउन लागिएको ल्होछार कार्यक्रममा एक लाखभन्दा बढीको सहभागिता रहनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %