ठूला दलहरुका कारण देश दलदलमा फस्दै : अध्यक्ष थापा

Read Time:2 Minute, 51 Second

गोविन्द घर्ति

रुपन्देही पौष ७ । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एम एस थापाले ठूलादलहरुका कारण देश दलदलमा फस्दै गएको बताउनु भएको छ । उहाँले केही वर्तमान संकटको निकासको लागि संविधान सभाको निर्वाचनको मिति तय गरी राष्ट्रिय सहमतिको सर्वदलिय सरकार निर्माण गर्नु पर्नेमा जोड दिनु भयो । राष्ट्रिय भूपु सैनिक संगठन रुपन्देहीको दोश्रो जिल्ला अधिवेशनको उद्घाटनमा बोल्दै उक्त कुरा बताउनु भएको हो । अध्यक्ष थापाले राष्ट्रपति डा. रामवरण यादवले सम्पूर्ण राजनैतिक दलहरु संग सम्मान किसिमको भूमिका खेल्न नसकेको आरोप लगाउनु भयो । ठूला राजनैतिक दलको नेतृत्वमा बनेको सरकारले देशको निकास निकाल्न नसकेको उल्लेख गर्दै साना दलको नेतृत्वमा कामचलाउ सरकार गठन संविधान सभाको निर्वाचन गरी अगाडि बढेमा देशले निकास पाउने उहाँले दावी गर्नु भयो । राष्ट्रिय भुतपुर्व सैनिक संगठन रुपन्देहीका अध्यक्ष भिम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष मिना पन्धाङ लिम्वु, महासचिव केशव सूर्यवंशी, संघीय परिषद सदस्य मोहम्द हसन, राष्ट्रिय भुतपुर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष कृष्ण बहादुर राना, महासचिव दुर्गाप्रसाद गुरुङ्ग, राष्ट्रिय युवा मोर्चाका महासचिव सुन्दर गुरुङ्ग, पार्टीका रुपन्देही अध्यक्ष झम बहादुर गुरुङ्ग, कपिलवस्तु जिल्लाका अध्यक्ष राम बहादुर रास्कोटी, सल्लाहकार रुम बहादुर फौजा, मगरहाङ्गका छत्र बहादुर दर्लामी लगायतले बोल्दै विघतीत प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलको संयुक्त सहमतिबाट देशको निकास निकाल्नु पर्नेमा जोड दिएका थिए । कोषाध्यक्ष आनबहादुर सोतीको स्वागत र ज्ञान बहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनको वन्त्रसत्र भोलि बुटवलको अमर भवनमा चल्ने संगठनले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %