जनजातिलाई जनजातिले ठगे

Read Time:1 Minute, 34 Second

चितवन, पौष ६, चितवनमा जारी प्रहरी भर्ना छनोटमा प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने दुईजना फेरि पक्राउ परेका छन् । भर्ना छनोट सुरु भएको दुई हप्ता नपुग्दै प्रहरी बनाइदिन्छु भन्दै ठगी भएको यो दोस्रो घटना हो । एक हप्ताअघि यसैगरी प्रहरी बनाइदिने भनी डेढ लाख रुपैया ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

मध्य क्षेत्र प्रहरी तालिम केन्द्र भरतपुरमा प्रहरी जवान पदमा भर्ना हुन आएका पर्साका दुई युवकलाई प्रहरी बनाइदिने भन्दै घुस लिने गणेश गुरुङ र उनलाई सहयोग पुरयाउने महेश लामा पक्राउ परेको तालिम केन्द्रका प्रहरी निरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । हिजो छनोटका क्रममा यस्तो खुलेपछि तत्कालै भर्नाका लागि आएका दुई युवाको सूचनाको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको गोदारले जानकारी दिनुभयो ।

पर्सा विरुवागुठीका गुरुङले प्रहरी भर्नाका लागि आएका सोही ठाउँका वीरबहादुर गुरुङबाट रु २५ हजार र जितेन्द्र चौधरीबाट रु ७५ हजार घुस लिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %