सरकार सञ्चालनको विषयलाई लिएर माओवादी नेतृत्व र आफूबीच विवाद रहेको प्रधानमन्त्री बाबुराम भट्टराईले स्वीकारेका छन् ।
अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बीच सत्ताबाट हट्ने विषयमा नेतृत्व सत्ता हस्तान्तरण गर्न चाहेको र भट्टराई सत्ता टिकाउन चाहिरहेको कुरा बाहिर आए पछि प्रधानमन्त्री भट्टराईले सञ्चारकर्मीलाई स्पष्टिकरण दिदै पार्टी नेतृत्वसंग द्वन्द्वात्मक सम्बन्ध रहेको बताए । पार्टी वैठकमा नजानुलाई भने उनले कार्य व्यस्तताका कारण रहेको प्रष्ट्याएका छन् । सत्ताबाट बाहिरिदैमा सहमति निर्माण बन्न नसक्ने र समग्र प्रकृया मिलाएर मात्रै बाहिरिने उनले सञ्चारकर्मीलाई बताए । यता माओवादी नेतृत्वमा बनेको सत्ता साझेदार दलहरुको गठबन्धनको बैठकले यही सरकारको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने र त्यो संभव नभए गठबन्धनबाटै विकल्प दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । गठबन्धन पुरानो निर्णयमा अडिक रहेको त्यही आधारमा बर्ता जारी रहेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले बताए । वैठकमा यही सरकारको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने त्यो नभए गठबन्धनबाटै विकल्प खोज्ने त्यो पनि नभए बार्ताबाट निष्कर्ष निकाल्ने विगतको निर्णय कायम नै रहेको माओवादी प्रवक्ता अग्नि सापकोटाले बताए ।
राज्यसत्ता नेपाल व्युरो
