संगित टोली जेम्स म्युजिक ग्रुपको बिश्वशान्ति पूजा एवं संगित कार्यक्रम सम्पन्न

२० डिसेम्बर २०१२, हङकङ । संगित टोली जेम्स म्युजिक ग्रुप हङकङको आयोजनामाञ हङकङ स्थित बौद्ध गुम्बाहरूका गुरुहरूबाट संयुक्त रूपमा बिश्वशान्ति बौद्ध पूजा, प्रसादको तथा बिबिध संगितकार्यक्रमहरू सहित सम्पन्न गरेको छ ।
कार्यक्रमको दोस्रो चरणमा आयोजित साँस्कृतिक कार्यक्रमको लागि हङकङका कलाकारहरूको बेजोडको प्रस्तुति  तथा  संगितटोली जेम्स म्युजिकग्रुप हङकङको अध्यक्ष हङकङमा रहेर नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै आएका वरिष्ठ तवला बादक हरि श्रेष्ठले आफ्नो  संगित टोली जेम्स म्युजिकग्रुप हङकङ समुह नेवारी पहिरिनमा ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने व्यानर साथै लुम्बिनी भ्रमण वर्ष २०१२ को व्यापक प्रचार प्रसार सहित तवलाको फ्यूजन संगित श्रोता समक्ष प्रस्तुत गरेका थिए l दोस्रो प्रस्तुती नेवारी समुदायमा प्रचिलित ‘धिमा’ नेवारी बाजाको संगित उपश्थित दर्शकबृन्दलाई चखाएका थिए साथै बिनय शाह, माणिकलाल शाह  प्रख्यात गायक गनेश पराजलिको‘बुद्ध भजन बेजोडको प्रस्तुति रहेको थियो ।
 कार्यक्रममा संगिता श्रेष्ठ तथा पूर्ण प्रजापतिले साथ दिएका थिए । यस्तै गरेर नमोबुद्ध आमा समुह हङकङले नेपाली धर्मावलम्विहरुले पनि बिभिन्न नेपाली जातिय पहिरनमा सजिएर परम्परागत नृत्य प्रस्तुत गरेका थिए । नमोबुद्ध आमा समुह हङकङले विश्व शान्ति अवसरमा देश विदेशसमा रहेका सम्पूर्ण धर्मावलम्विहरुलाई विश्व शान्ति एवं भावनात्मक एकताको शुभकामना सन्देश दिदै गुरुले यस प्रकारको साँस्कृतिक कार्यक्रमहरूले नेपालको संस्कृतिको स्तरलाई अझै माथि उठाउन मद्दत गर्नेछ आफूलाई बिश्वास लागेको बताउँदै बुद्धको पवित्र भूमी नेपालबाट प्रवासमा आएका हामी नेपालीहरूले बुद्धलाई सम्झेर स्वच्छ सफा मनले दियो बाल्नुपर्ने बताए । कार्यक्रममा जनजाति महासंघका भक्त दुरा, एनआरएन मकाउका अध्यक्ष सुदर्शन थापा मगर, बिनय शाह, तिलक थापामगर, कुल प्रसाद गुरुङका साथै तथा बुद्धिजिवीहरूको उपश्थिति रहेको थियो । साथै संगित टोली जेम्स म्युजिक ग्रुप हङकङको अध्यक्ष हरि श्रेष्ठले समारोहको अन्त्य गरेका थिए।

हत्या, हिंसा, कुमार्ग त्यागौं भगवान गौतम बुद्ध को बाणि ।।।
म जे भन्छु त्यहि गर्नै पर्छ भन्ने छैन मत मात्र बाटो देखाउछु तिमिहरू त्यो बाटो सहि हो या हैन भनेर पहिला एक चोटि राम्रो संग हेर , यदि राम्रो हो लाग्छ भने त्यो बाटो हिँड यदि नराम्रो हो लाग्छ भने त्यहि बाटो हिँड्नु पर्ने छैन l

H. Shrestha