क्याब्जे तागलुङ च्याठुल रिन्पोछेज्युबाट शेर्पा सेवा केन्द्रको मुर्तीहरुको प्राण प्रतिष्ठान

Read Time:6 Minute, 54 Second

धार्मिक समाचार » क्याब्जे तागलुङ च्याठुल रिन्पोछेज्युबाट शेर्पा सेवा केन्द्रको मुर्तीहरुको प्राण प्रतिष्ठान
छिरिङ तेन्जिङ शेर्पा, पुस ५,काठमाण्डौ, शेर्पा सेवा केन्द्र उग्येन पालरी पद्म छ्योलिङ गोन्पाको पुरानो हलमा निर्माण सम्पन्न भएको पाँच वटा मुर्तीहरुको आज एक औपचारिक समारोहको बिच रब्ने (प्राण प्रतिष्ठान) कार्य सम्पन्न भएको छ । गोन्पाको यी मुर्तीहरु गोन्पाकै साँस्थपक सद्स्य स्वा. श्री टवा गोम्बु शेर्पाको स्म्रितीमा वहाँको धर्म पत्नी श्रीमती डोमा शेर्पाले करिव ३२ लाख रुपैयाको लागतमा उक्त मुर्तीहरु निर्माण गर्न लगाउनु भएको हो। यसैगरि गोन्पाको भित्ते र सिलिङको लेखानको लागी श्रीमती छिरिङ ओङमु शेर्पाबाट वहाँको आमाको स्म्रीतिमा सम्पन्न भएको हो । हायान बौद्ध धर्मको ङिङमापा सम्प्रदायमा बिशेष गरि गोन्पाहरुमा प्रतिस्थापन गर्ने बुद्ध मुर्तीहरुमा छ्योकु,लुङकु र टुल्कु (काय, वाक र चिता) को रुपमा क्रमश: आर्य अवलोकेस्वर् (फक्पा चेरेन्सिग), अमिताभ बुद्ध (साङ्गे अमिदेवा ) र गुरु पद्म सम्भवा (गुरु रिन्पोछे) को मुर्तीहरु पर्दछन। यस गोन्पामा खास गरि शेर्पा समुदायको ब्यक्तीहरुको म्रित्यु पाश्चत काजक्रियाहरु पनि गरिने हुनाले ब्यक्तीको म्रित्युवरण हुने बितिकै गरिने बिशेष धार्मिक साधना बिधी ‘फोवा’ (आत्म स्थानन्तरण) गरिने समयमा स्मरण गरिने देवताहरु करुणमय लोकेस्वर (चेरेन्सिग) र बज्रपानी (छ्यग्ना दोर्जे) को पनि प्रतिस्थापना गरिएको छ । उल्लेखित मुर्तिहरुको आज शेर्पा सेवा केन्द्र गोन्पामा महायान बौद्ध
धर्मको निङमापा सम्प्रदायको अति बिशिष्ट धर्म गुरु क्याब्जे तागलुङ च्येठुल रिन्पोछेज्युबाट ‘राब्न्य’ प्राण प्रतिष्ठान गर्नु भएको छ । महायान बौद्ध परमपरामा बुद्ध मुर्तीहरु,स्तुपा र मानेहरुको निर्माण गरे पाश्चात भित्रबाट भगवान बुद्धको काय,वाक र चिताको रुपमा धार्मिक बिधी र नियमानुसार बिभिन्न बुद्ध मन्त्र र धार्मिक सामाग्रीहरुको साँगालो गरि मुर्ति र स्तुपा भित्र राखिने गरिन्छ। यि सबै प्रक्रियाहरु पुरा भै सके पछि शुभ दिनको सयतमा धर्मगुरुबाट बिशेष पुजा बिधी अपनाएर प्राण प्रतिष्ठान ‘रब्ने’ गरिन्छ। प्राण प्रतिष्ठान गरे पाश्चत यि मुर्ती वा स्तुपाहरुमा साक्षत भगवान शाक्यमुनी बुद्ध बिराजमान हुनुहुन्छ भन्ने भावना गर्नु पर्दछ र नियमित पुजा बिधी पनि गर्नु पर्दछ । आजको रब्ने कार्यक्र्ममा निङमापा बिधीअनुसारको “रिग्जेन डुवा”को पुजापाठ गरि बज्र किला (फुर्वी रब्ने) क्याब्जे रिन्पोछेबाट सम्पन्न भएको हो भने यस अवसरमा सेङड्रग टुल्कु रिन्पोछे, खेनरिन्पोछे खेन्पो साङग्या
राङज्युङ, खेन्पो ङवाङ लोड्रो लगायत अन्य लामागुरु हरुको उपास्थिती रहेको थियो। यसै क्रममा शेर्पा सेवा केन्द्र गोन्पाको अध्यक्ष क्या. आङ देण्डी शेर्पाको अघुवाईमा गोन्पाको कार्य समितीहरुबाट रिन्पोछेलाई मन्डल कुसुम (काय,वाक र चितको रुपमा चढाईने बिषेस मन्डल) चढाएको छ । 
यस धार्मिक कार्य पाश्चत रिन्पोछेज्युबाट मुर्ति निर्माणमा सहायोग गर्ने र भित्ते लेखानमा सहायोग गर्नु हुने दाताहरुलाई खाता लगाई आशिर्वादा दिनु भएको थियो। निङमापा सम्प्रदायको अति बिशिष्ट र महान धार्मिक गुरु वयोब्रिद्ध क्याब्जे तागलुङ चेठुल रिन्पोछे भारतको हिमान्चल प्रदेशको सिमलामा बस्दै आउनु भएको छ । गोन्पाको तीन तिरको भित्ताहरुमा “छ्योकु,लुङकु र टुल्कु” का क्रमश: अवलोकेस्वर, अमिताभ बुद्ध र गुरु रिन्पोछेको ४५ सय वटा १ फिटको तामाको मुर्तीहरु’जुङ’ सहित क्रमश: प्रतिस्थापन गरिने कार्यक्रम रहेको छ। जस मद्धे ३८ सयवटा मुर्तीको देश बिदेशमा रहेको शेर्पा समुदायहरुबाट सहायोग प्राप्ता भै सकेको र बाँकी ७ सय वटाको दाताहरुको अपेक्षा गरेको गोन्पाको अध्यक्ष क्या. आङ देण्डी शेर्पा बताउनु हुन्छ । यस रब्ने कार्यक्रममा गोन्पाको बिशेषदाताहरु, शेर्पा समुदायको बिशिष्ट ब्यक्तीहरु गोन्पाको कार्यसमितीको सद्स्यहरुलाई मात्र आमन्त्र्ण गरिएको थियो । स्मरणिय रहोस काठमाण्डौको बौद्ध स्थित टुसालमा रहेको आदीबासी जनजाती समुदाय भित्रको सबै भन्दा अग्रस्थानमा रहेको मानिने शेर्पा सेवा केन्द्र गोन्पा अराबौ रुपैया पुँजी भएको सामाजिक साँस्था हो भने करिव २ रोपानी क्षेत्रफलमा हाल बिभिन्न सुबिधासम्पन्न ७ तल्लाको भवन निर्माणाधिन अवस्थमा छ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %