सङ्घीय समाजवादी पार्टी, नेपालको आधिकारिक वेभ साइट शुरु

Read Time:1 Minute, 38 Second

१९ डिसेम्बर, भर्खरै निर्माण भएको सङ्घीय समाजवादी पार्टी, नेपालले सबैको सुविधाको लागि आफ्नो www.federalsocialist.org वेवसाइटलाई सार्वजनिक गरेको छ ।

संविधान सभाको विघटन तथा सबै नेपालीहरु समान बनौ कसैलाई तल कसैलाई माथि नबनाऔ भन्ने चाहनालाई लत्याएपछि जनदबाबबाट निर्माण भएको नयाँ पार्टीको विस्तार हुरीबतास झै संसारभर फैलीरहेको छ । तिनै जागरणलाई अझ उर्जा दिन समाजवादी पार्टीले वेव साइट संचालनमा ल्याईएको छ ।

पार्टी गठन अगावै १३ अक्टोबरमै तयार गरेर आन्तरिक प्रयोगमा मात्र ल्याइएको वेवलाई आजबाट संचालनमा ल्याइएको हो । प्रत्येक दिनको पार्टीको गतिविधि, सुचना तथा जानकारी साथै पार्टी विधान, घोषणापत्र, कार्यपत्र लगायतका सम्पूर्ण कागजपत्र उक्त वेवसाइटमा राखिएको छ ।

पार्टीको प्रयोजनको लागि इमेल: federalsocialist@gmail.com, फेसबुक पेज: www.facebook.com/federalsocialist, ट्वीटर पेज: www.twitter.com/FederalSocialis र स्काइपी युजर: federalsocialist पनि ब्यवस्था गरिएको जानकारी प्राप्त भएको छ ।

नयाँ पार्टी घोषणा संगै रमाएका सबैलाई यी सम्पर्क आधारले ठूलो सहयोग पुर्याउने आस गरिएको छ ।

More >>http://www.nepalisamachar.com/?p=8794

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %