ठूला दलहरु राजनीतिक गतिरोध सल्टाउनुको साटो फरक ध्रुव तर्फ मोडिएका बेला पूर्व पच्चहरु भने आगामी निर्वाचनलाई दृष्ट्रिगत गदै एक हुने भएका छन् । राप्रपा नेपाल राणा समूह, चन्द्र समूह अनि जनशक्ति पार्टी एक हुने नेताहरुले बताएका छन् । तीन पार्टीमा टुक्रिएको राजावादी पार्टीको रुपमा चिनिने राप्रपा अब एक भएर निर्वाचनमा जाने पक्का पक्की भएको छ । जनशक्ति पार्टीका सूर्यबहादुर थापा नेपालमा नयाँ राजनीतिक शक्तिको आवश्यकता परेकाले पार्टी एकिकरण हुन लागेको बताए । राप्रपा र जनशक्ति पार्टी बीच एकिकरण गर्ने सहमति भएको ती पार्टीका प्रभावशाली नेताहरुले पश्चिम नेपालको एक भेलाबाट उदघोष गरेका हुन् । कुनै समय सक्रिय राजतन्त्रलाई पार्टीको एजेण्डा बनाएका यी पार्टीको एकिकरण केवल निर्वाचनका लागि समीकरण बनाउनका लागि हो वा राजतन्त्रलाई फेरि पुर्नजिवित पार्न त्यो कुरा रहस्यकै घेरामा छ ।
–राज्यसत्ता नेपाल व्युरो
