पार्टी एकता संभब छैन : पम्फा भुसाल

Read Time:3 Minute, 53 Second

देब पचभैया
पाल्पा, षौष १, नेकपा माओबादीका पोलिटब्युरो सदस्य एबं पार्टी प्रबक्ता पम्फा भुसालले पार्टी एकताको कुनै सम्भाबना नरहेको स्पस्त पार्नुभएको छ । नेकपा माओबादी जिल्ला संगठन पाल्पाको प्रथम जिल्ला अधिबेशनको आज तानसेनमा उद्घाटन गर्दै प्रब भुसालले प्रचण्ड, बाबुरामले राष्टघाती र जनघाती काम गरेको र  बिदेशी प्रलोभनमा फसेर देशलाई बर्बादीतिर धकेलेकाले उनीहरु संग एकता संभब नभएको बताउनुभएको हो ।
सस्थापन पक्षका नेता कार्यकर्ताले गाउमा पुगेर पार्टी एकता हुने भएकाले माओबादीमा नजान भनिरहेको र माओबादी फेरी जंगल पस्ने भन्दै आफ्ना कार्यकर्ताहरुलाई तर्साएकाले गाउमा पुगेर आफ्ना कार्यकर्ताहरुलाई स्पस्ट पार्न उहाले जिल्ला नेताहरुलाई निर्देशन दिनुभयो ।
पार्टी महाधिबेशन एकताको हुन्छ भनेर भ्रम फैलाएका छन्, उहाले भन्न्नभयो एकता सम्भब छैन । प्रबक्ता भुसालले प्रचण्ड र बाबुराम भट्राईले गल्ती स्वाकार गरी माओबादी र जनता संग माफी माग्दै आत्म आलोचित भए मात्रै एकताको लागी सोच्न सकिने उहाको भनाई छ ।
संबिधान दिन नसक्ने र बिदेशी दलालहरुको आदेश र निर्देशनमा चल्ने नेपालका प्रमुख ३ दल र मधेसी मोर्चाले राजनितिक निकास दिन नसक्ने उहाको भनाई छ । असफल नेता र दलहरुलाई राष्टपति यादबले जतिसुकै समय थपेपनि शान्ती र संबिधान संभब नभएको उहाको दाबी छ । 
जेठमा भनिएको चुनाब बेफ्वाकमा घोषणा मात्रै भएको भन्दै उहाले गणतन्त्र पछि सिंहदरबारमा दिल्ली पसेको आरोप लगाउनुभयो । राजनितिक निकास र जनअपेक्षा  अनुसार अघि बढ्न गोलमेच सम्मेलन नै उपयुक्त भएको भन्दै माओबादी प्रबक्ता भुसालले पार्टीको सातौ महाधिबेशनले नेकपा माओबादी नया रणनिति र कार्यनिति तयार पारेर अघि बढ्ने जानकारी दिनुभयो ।

माओबादी पाल्पाको. प्रथम जिल्ला सम्मेलनको उद्घाटन सत्रमा एनेकपा माओबादी पाल्पाका प्रभाबकुमार आरसि, नेपाली काग्रेसका जिल्ला सचिब माधब नेपाल, एमाले पाल्पाका सचिब ओम बहादुर घर्ती, जनमोर्चाका सोम कार्की, जनमुक्ति पार्टीका केयर सिंग राना, नेकपा एकिकृतका नबिन थापा, माओबादी जिल्ला सदस्य भिमलाल भट्राई, पत्रकार महासंघ पाल्पाका सभापति भगवान भण्डारी लगाएतले बोलेका थिए ।
तानसेन नगरपालिका हलमा सम्पन्न माआबादी जिल्ला सम्मेलन, पाल्पाका जिल्ला ईन्चार्ज तुलाराम घर्ती (बसन्त) को सभापतित्व र जिल्ला सचिब गिर बहादुर थापा (बिरबल) को संचालनमा सकिएको थियो । जिल्ला उपाध्यक्ष धिरज रानाको स्वागतबाट सुरु भएको कार्र्यक्रमको बिच बिचमा कलाकारहरु बाट गित समेत प्रस्तुत गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %