छोराको जन्ती हिडेका बाबुको मृत्यु

Read Time:1 Minute, 17 Second

देब पचभैया
पाल्पा, मंशिर ३०, पाल्पाको आर्यभन्ज्याङमा हिजो भएको कार दुर्घटना परि घाईते भएका निमार्ण व्यवशायी संघ स्याङजाका अध्यक्ष एक नारायण वगालेको उपचारको क्रममा आज दिउसो निधन भएको छ ।  लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका क्रममा निधन भएको हो । वालिङ नगरपालिका वडा नं. ३ का  ६० बर्षीय बगाले आफ्नै छोराको जन्त जाने क्रममा हिजो दुर्घटनामा पर्नु भएको थियो ।
स्याङ्जाको वालिङबाट रुपन्देहीको मणीग्रामको लागि जन्ती लिएर जाँदै गरेको ग १ च ४९९१ नम्बरको कार सिद्धार्थ राजमार्ग अन्र्तगतको आर्यभञ्ज्याङमा दुर्घटना हँुदा कारमा सवार ५ जना घाइते भएका थिए । दुर्घटनाका अन्य घाइते वालिङ ३ का ५७ बर्षीय  दिलिप बगाले, वालिङ ३ कै ५५ बर्षीय चेतकान्त बगाले र  शिव कुमार शर्माको लुम्विनी मेडिकल कलेजमा उपचार भईरहेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %