बुटवलमा बढ्दै छ यौन बिकृती

Read Time:2 Minute, 27 Second

बुटवल, मंशिर ३०, बुटवलका बिभिन्न होटलबाट अवैध कृयाकलापमा संलग्न १० महिला कामदार सहित १४ सेवाग्राही पुरुषलाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरेको छ । बुटवलका बिभिन्न स्थानमा रहेका क्याभिन रेष्टुरेण्टमा काम गर्ने १० महिला सहित सेवा लिन आएका १० जना पुरुषलाई ईलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
उनीहरुलाई सार्वजनिक संगै व्यबसायीकै रोहवरमा छोडीएको पनि छ । आईन्दाका दिनमा यस्ता गतिबिधि सञ्चालन नगर्ने सर्तमा प्रहरीले छाडेको हो । होटल तथा रेष्टुरेण्ट व्यबसायी संघमा आवद्ध रहेका बुटवलका बिभिन्न स्थानमा रहेका क्याभिन रेष्टुरेण्टहरुमा पव्लिक गुनासोका आधारमा छापा मार्दा संघले जारी गरेको आचार संहिता विपरित क्रयाकलापमा संलग्न रहेकाले पक्राउ गरिएको पत्रकार सम्मेलनमा ईलाका प्रहरी कार्यालय बुटवलका ईन्सपेक्टर रामेश्वर कार्कीले बताउनु भयो ।
होटल तथा रेष्टुरेण्ट व्यासायी संघले जारी गरेको आचार संहितामा वेटर्सहरु सर्बिस अवधिमा युनिफर्ममा रहनु पर्ने, उनीहरुसंग कार्ड अनिवार्य हुनुपर्ने, ग्राहकसंग बसेर खान नपाईने, क्याभिनको हकमा पर्दा लगाउन नपाईने, क्याभिन खुल्ला हुनु पर्ने जस्ता सर्तहरु छन ।
बुटवलमा क्षेत्रमा हाल करिव ३० वटा क्याभिन रेष्टुरेण्ट रहेको होटल तथा रेष्टुरेण्ट व्यबसायी संघका महासचिव समुन्द्र जिसीले जानकारी गराउनु भयो । प्रहरी प्रशासनको सकृयता र संघले जारी गरेको आचार संहिताकै कारण अवैध कृयाकलाप संञ्चालन गर्न नपाएपछि पहिले करिव ६०/७० वटा क्याभिन रेष्टुरेण्टको संख्या घटेको पनि उहाँले बताउनु भयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %