काठमाडाँ, मंसिर २७, एकीकृत नेकपा माओबादीले राजनीतिक सहमतिका लागी अधिकतम लचक हुने निर्णय गरेको छ । माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निबास लाजिम्पाटमा बसेको पदाधिकारी सहित पार्टीका प्रभाबशाली नेताहरुको बैठकमा मुलुकमा लामो समयसम्म पनि राजनैतिक गत्यारोध लम्वीएको भन्दै गत्यारोध अन्त्यका लागी अन्य दलहरसंगको छलफलमा अधिकतम लचकता अपनाउने निर्णय गरेको हो । बैठकले अन्य दलहरुसंगको छलफललाई निष्कर्षमा पु¥याउने जिम्मा अध्यक्ष प्रचण्ड सहित अन्य पदाधिकारीलाई दिएको छ । त्यस्तै बैठकले बैशाखमा निर्बाचन गर्ने गरि प्याकेजमा सहमति खोज्ने निर्णय भएको नेता एबं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा बुधबार सम्म राष्ट्रिय सहमतीको सरकार गठनका बिषयमा सहमती नभए यै सरकारलाई बिस्तार गर्ने बा पुनः म्याद थप गर्न राष्ट्रपतिसंग आग्रह गर्ने भन्ने बिषयमा छलफल भएको बताईएको छ ।
राष्ट्रपति डा रामबरण यादबले दलहरुलाई राष्ट्रिय सहमतीको सरकार गठनका लागि मंसिर ७ गते पहिलो पटक आब्हन गर्नु भएको थियो भने १४ गते दोस्रो पटक र २० गते तेस्रो पटक आब्हन गर्नु भएको थियो ।
तर, दलहरुले अहिले सम्म पनि नयाँ सरकारका बिषयमा कुनै सहमतीक जुटाउन सकेका छैनन् । दलहरु बिच कुनै सहमती हुन नसकेको अबस्थामा एकिकृत माओबादीको बैठकलाई महत्बका साथ हेरिएको छ ।
सहमतिका लागी अधिकतम लचकता अपनाउने माओबादी निर्णय
Read Time:1 Minute, 56 Second
