मगरात राज्यपरिषदको प्रथम महाधिबेशन : जातीय मुक्ति चाहनेहरु जुरमुराउदै

हुम पचभैया
पाल्पा,आज मंसिर २७ गते बिहान मगरात राज्यपरिषद्रको प्रथम महाधिबेशन पहिचान सहितको संधियताको समर्थनमा एक्यबद्धता जाहेर गरौ भन्ने नारा सहित पाल्पामा भब्यरुपमा हुदै छ । पाल्पा, तनहु, स्यांजा, पर्बत, म्याग्दि, बागलुंग, गुल्मी, अर्घखांची, नवलपरसि, रोल्पा, रुकुम, सल्यान, सुर्खेत, दैलेख, र्गोखा लगाएत १८ जिल्लाको २ जना महिला अनिबार्य गरी ५जना सहित ७ जना प्रतिनिधी सबै जिल्ला बाट मगर राज्य पाल्पाको सुन्दर सहर तान्सेनमा आइसकेका छन् । आज बन्दसत्र र भोली खुला टुडिखेलमा धोषणा सभाको प्रमुख अतिथी पार्टीका अध्यक्ष तथा पूर्ब श्रम तथा यातायात मंत्री एम एस थापाले उध्रधाटन गर्दै छन् ।
रुपनदेही राष्टिय महिला मोर्चा रुपन्देहिको तेष्रो अधिवेशन सम्पन्न मंसीर २३ गते धनिशरा आले मगरको अध्यक्षतामा सम्पन्न भएको खबर प्राप्त भएको छ । रा ज मु पा सिद्धार्थ नगर पालिकाको प्रगणमा भएको अधिवेसनको प्रमुख अतिथी संधिय परिषदका उपमासचिब चन्द्र श्रीसले उदधाटन गरेका थिए भने निबर्तमान अध्यक्ष हो माया गुरुंगको सभापत्तिवमा सचिब बिमला गुरुंगले क्रार्यक्रम संचालन गरेका थिए । अशोक पुन,कूष्ण नेपाली, हाजी डा मोहमद हशन, झम बहादुर गुरुगं लगाएतका संधिए परिषद  सदश्य तथा जिल्ला अध्यक्षले सम्बोधन गरेका थिए । जिल्ला भरिका महिला ३०० जना महिला प्रतीनिधीको उपश्थििती  रहेको नव निर्बाचित अध्यक्ष धनी आले मगरले राज्यसत्तालाई बताइन् ।
तानसेन नगर समिती गठन । रुक बहादुर थापा मगरको अध्यक्षतामा होम बहादुर थापा, प्रेम बहादुर थापा,बिष्णु माया थापा क्रमश उपाधक्ष, सचिब कोषाधक्ष सहित १५ जनाको नगर समिती गठन भएको समचार नया अधयक्ष रुक बहादुर थापाले राज्यसत्तालाई जानकारी गराएका छन्र । संधिय पषिदका उपाधक्ष सिबलाल थापाको प्रमुख अतिथीमा सम्पन्न सो कार्यक्रममा रत्न राना,इन्द्र बहादुर माश्की,केहर सींग राना,गम बहादुर थापा,टोप अस्लामी, धन केशर सूर्यबंसी लगायतका केन्द्रिय नेताहरुले सम्बोधन गरेका थिए । २,३,४,८ र १० वडामा वडा समिती गठन भै सकेको र १,६,७, ९ र १५ नं वडमा मंसिर मशान्त भित्र समिती गठन गर्ने जनाइएको छ ।
पाल्पामा राष्टिय भूपू सैनिक गठन र प्रशीक्षण सम्पन्न भएको छ । मंसिर २६ गते सम्पन्न भएको सो प्रशीक्षण कार्यत्रममा  जिल्ला भरि बाट अगुवा कार्यकर्ता, बिधार्थी, भुपू सैनिक, युबा गरि करिब १५० जनाको सहभागीता रहेको थियो भने पार्टीका प्रसिक्षक बिभाग प्रमुख रत्न रानाले प्रशिक्षण दिएका थिए ।

पत्रकार सम्मेलन
मंसिर २७ र २८ मा हुने मगरात राज्य पसिद्को प्रथम महाधिवेशनको पुर्ण तयारी जानकारी दिनको लागी मंसिर २६ गतेनै पाल्पामा पत्रकार सम्मेलन गरेको प्रचार प्रशार बिभाग प्रमुख टोप अस्लामीले जानकारी राज्यसत्ता लाई दिएका छन् ।
राष्ट्रिय जनमुत्ति पार्टि आबद्ध नेपाल राष्ट्रिय स्वत्रन्त्र महिला संगठनको तेस्रो महाधिवेशन महोत्तरीमा हुने जानकारी राज्यसत्तालाई प्राप्त भएको छ ।

मगरात राज्य परिष्द
पाल्पाबाट