नयाँ मान्छे प्रधानमन्त्री बन्ने गच्छदारको दावी

Read Time:1 Minute, 39 Second

काठमाडौ, २७ मंसिर, उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले  आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पस्ट पार्नुभएको छ । सहमतिय सरकारको नेतृत्व नया ब्यक्तिले गर्ने भएपनि आफू प्रधानमन्त्रीको दौडमा नरहेको उहाको भनाई छ ।
राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा गच्छदारले कसैलाई निषेध गरेर सहमति बन्न नसक्ने भन्दै केही दिनभित्रै दलहरुवीच सहमति बन्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।
मुलुकको बृहत्तर स्वार्थकोलागी आफूले पहिला देखिनै भूमिका खेल्दै आएको उल्लेख गर्दै अहिले आफू दलहरुवीच सहमतिको बातावरण निर्माणमा लागेको गच्छदारले बताउनुभयो । आफू अहिलेको सरकारको प्रमुख अंशियार भएको दावी गर्दै कसैले बकस दिएर उपप्रधानमन्त्री नभएको बताउनुभयो ।
माधवकुमार नेपालको पालामा पनि उपप्रधानमन्त्री भइसकेको भन्दै आफू नयाँ सरकार गठनको पक्षमानै रहेको जिकीर गरे । 
भोली सम्ममा दलहरुवीच सहमति नबने मन्त्री परिषद विस्तार गर्ने सत्तारुढ गठबन्धनको निर्णयले गलत रहेको गच्छदारको भनाइ छ । विस्तार गरेमा मुलुकमा राष्ट्रपति, प्रधानमन्त्री र दलहरुवीच द्वन्द बढ्ने गृहमन्त्री समेत रहनुभएका गच्छदारको भनाइ छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %