ठुला दलले गर्दा मुलुक संकटमा : उपाध्यक्ष थापा

Read Time:3 Minute, 47 Second

देब पचभैया

पाल्पा २७ मंसिर, राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ट उपाध्यक्ष शिवलाल थापाले ठुला दलहरुको कारण मुलुक संकटमा फसेको बताउनु भएको छ । माओवादी, काग्रेस, एमाले र मधेशवादी दलहरु मुलुक र जनताप्रति उत्तदायि नबन्दा मुलुकले संविधान नपाएको उहाको भनाई छ । उहाले राजनितिक निकास दिन नसक्दा जनताको नजरमा ठुला दलहरु असफल भएको उपाध्यक्ष थापाले दावि गर्नुभयो ।

पार्टीको मगरात राज्य परिषदको प्रथम महाधिवेशनको बुधबार तानसेनमा उद्घाटन गर्दै बरिष्ट उपाध्यक्ष थापाले २४ बर्ष देखी जनमुक्तिले उठाएको संघियता र गणतन्त्रको नारामा अन्य पार्टीले शासनसत्ता गरिरहेकोले आगामी निवार्चनपछि जनमुक्ति पार्टी बलियो बनेर उदाउने दाबी गर्नु भयो ।

अधिवेशनमा पार्टीका उपमहासचिव चन्द्र श्रीसले मुलुक अहिले संघियताको पक्षमा एकिकृत माओवादी र संघियता विरोधीको रुपमा प्रतिपक्षको रुपमा बसेका काग्र्रेस एमाले भएकोले, सहमतिको प्याकेज विना प्रधानमन्त्री राजिनामा दिदा मुलुक संघिय गणतन्त्र विहिन हुने संभावना बलियो रहेकोले साना दल र मधेशीहरुको अडानमा डा वाबुराम भट्टराईको राजिनामा रोकेको बताउनसभयो ।

कार्यक्रममा स्थायी समिति सदस्य रत्न राना, टोप अस्लामी लगायतले सरकारको बिषयमा ठुला दलहरुमा सहमति हुने संभावना नरहेकोले आफ्नो पार्टीका अध्यक्ष एम एस थापालाई प्रधानमन्त्रीको रुपमा अगाडी सारेको  बताउदै  अवशर  मिलेमा ठुला दलहरु लाई पनि मिलाएर लैजाने क्षमता आफनो पार्टीमा रहेको दाबी गरका छन् ।

अधिवेशनमा संघिय परिषदका सदस्य टिकाराम शर्मा, संघिय परिषद अध्यक्ष मण्डलका केहयर सिं राना, लुम्विवान राज्य परिषदका अध्यक्ष धनध्वज लिम्वु, आदीवासी जनजाति महासंघ पाल्पाका अध्यक्ष गम बहादुर थापा, मगरात भित्रका जिल्ला अध्यक्षहरुको तर्फ बाट मन्धरी आले, सम्पुण भातृ संगठनको तर्फ बाट सुनिल कुमार रेग्मी, पाल्पा जिल्लाका अध्यक्ष खुम बहादुर सिंजाली, लगायतको जनमुक्ति लाई बलियो पार्टी बनाउन सबै पक्ष एकजुट भएर लाग्नु पर्ने बताए । मगरात राज्य समितिका संयोजक ईन्द्र बहादुर मास्केको सभापतित्वमा भएको कार्यक्रमको संचालन वम लामिछानेले गरेका थिए  ।
 यसै गरी राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको प्रथम एतिहासिक अधिवेशन बिहिबार सम्म तानसेनमा चल्दै छ ।  अधिवेशनमा मगरात क्षेत्रका विभिन्न जिल्लाका १ सय २५ जना प्रतिनिधीहरुको सहभागिता रहेको छ ।  मंसिर २८ गते घोषणा सभा गर्ने कार्यक्रम रहेको छ । घोषणासभामा पार्टी अध्यक्ष माथवर सिंह थापाको सहभागिता रहने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %