गोविन्द घर्ति
देवदह मंसीर २७, रुपन्देही जिल्लाको देवदह–७ बुद्धनगरका कृषकहरु तरकारी खेती तर्फ आकर्षित भएका छन् । देवदह, ७ बुद्धनगरका ५० घरपरिवारले मौसमी तथा वेमौसी तरकारी खेती गरीरहेको बुद्धनगर सामुदायिक वनका कार्यालय सचिव तुलाराम पाण्डे बताउनु हुन्छ । तरकारी खेतीबाट वार्षिक रुपमा लाखौ रुपैया आम्दानी लिन किसानहरु सफल भएको पाण्डेको भनाई रहेको छ । करिव ४ कठ्ठा जग्गामा तरकारी खेती गरेर वार्षिक १ लाख भन्दा बढि आम्दानी गर्ने गरेको देवदह ७ बुद्धनगरकी कृषक सिता देवी पाण्डे बताउनु हुन्छ । अरु काम गरेर तरकारी खेतीबाट भएको आम्दानीले घरखर्च चलाउनुको साथै बचत समेत गर्ने गरेको पाण्डेको भनाई रहेको छ । २०६२ साल देखी व्यवसायीक रुपमा तरकारी खेती शुरु गरेपछि आर्थिक अवस्थामा सुधार हुदै गएको उहाँको भनाई रहेको छ । देवदह–७, बुद्धतनगर कै अर्का कृषक शेर बहादुर केसी तरकारी खेतीबाट वार्षिक दुईलाख भन्दा बढि आम्दानी गर्ने गरेको बताउनु हुन्छ । तरकारी खेती शुरु गरेपछि आफुले आर्थिकरुपमा फड्को मारेको उहाँको भनाई रहेको छ । करिव ८ कठ्ठा जग्गामा तरकारी खेती गर्ने गरेको र त्यसबाट आफुले विदेशमा गएर कमाउने पैसा भन्दा बढि कमाएको केसीको भनाई रहेको छ । ३ कठ्ठा जग्गामा खेती गर्ने अर्का किसान भिमा रेग्मीले वार्षिक रुपमा ६० हजार भन्दा बढि बचत गर्न सफल भएको बताउनु हुन्छ । तरकारी खेती गर्दा एउटा जातको मात्र नभई विभिन्न जातको तरकारी खेती गर्न सके अझ बढि आम्दानी गर्न लिन सकिने रेग्मीको भनाई रहेको छ । बुद्धनगर सामुदायिक वनले किसानहरुलाई मौसमी तथा बेमौसी तरकारी खेती सम्वन्धी तालिम संचालन गरे पछि व्यवसायीक तरकारी खेतीमा लागेको अर्का कृषक चन्द्रश्वर ढकाल बताउनु हुन्छ । व्यवसायीक तरकारी खेतीबाट अन्न वालीको तुलनामा १० देखि २० गुणा बढि आम्दानी लिन सकिने कृषकहरुको भनाई रहेको छ ।
सही समयमा सहि विऊको छनोट गरी खेती गर्न सकिएमा प्रसस्त आम्दानी लिन सकिने उनीहरुको अनुभव रहेको छ । देवदह–७, बुद्धनगरका कृषकहरुले टमाटर, फुलगोवी, बन्दा, ब्रो काउली, गाजर, बोडी, सिमी, लौका, करेला, भिन्डी लगायतका तरकारीहरुको समय अनुसार खेती गर्दै आएका छन् । आफुहरुले आफनै लगानीमा व्यवसायीक तरकारी खेती शुरु गरेको भएपनि अन्यत्रबाट प्राविधिक तथा आर्थिक सहयोग नपाउनुको साथै बजारको समस्या रहेको कृषकहरुको भनाई रहेको छ । प्राविधि सहयोग र सहजरुपमा बजार पाउने हो भने अझ आम्दानी बढाउन सकिने कृषकहरु बताउछन् ।
