जेठ १४ को प्रधानमन्त्रीको कदम राष्ट्रपतिले खारेज गर्नु एकमात्र विकल्प – सचिव गुरुङ्ग

Read Time:2 Minute, 45 Second

भक्तपुर २५ मङ्सिर, नेकपा माओवादीका सचिव देव गुरुङ्गले राष्ट्रपति डा. रामवरण यादवले जेठ १४ गते प्रधानमन्त्रीले घोषणा गरेको असंबैधानिक कदम खारेज गर्नु नै अहिलेको राजनीतिक निकासको एकमात्र विकल्प भएको बताउनुभएको छ ।
रफत संचार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उहाँले देशलाई जेठ १४ मै फर्कनु बाहेक अन्य विकल्प नभएको उहाँले दाबी गर्नुभयो ।
जेठ १४ को कदमले संबैधानिक अंगहरुलाई निस्क्रिय बनाएकाले संविधानसभा पुर्नस्थापना नगर्ने तर संविधानलाई सक्रिय बनाउने अधिकार राष्ट्रपतिसंग भएकाले अन्तरिम संविधानको धारा ६४ बाहेक सबै सक्रिय हुने भएकाले अब देशलाई निकास दिन राष्ट्रपति यसतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
यदि जेठ १४ मा राष्ट्रपति नफर्किने हो भने राष्ट्रपतिले तेश्रो पटक थपेको समयसीमामा पनि सहमति हुन नसक्ने जिकिर गर्दै सचिव गुरुङ्ग सरकार ढाल्न आन्दोलन बाहेक अन्य कुनै बाटो नभएको उल्लेख गर्नुभयो । सरकार टिकाईरहन निर्वाचनलाई बाहशाना बनाएको सरकार र एमाओवादीले बास्तवमा निर्वाचनमा जान नचाहेको दाबी गर्दै उहाँले निर्वाचनको बाहनामा सरकार लम्ब्याउन मानत्र खोजेको आरोप लगाउनुभयो ।
सरकार चुनाबको बाहनाबाजी मात्र गर्ने तर काग्रेस, एमाले उसैको पछि पछि लागेर समय बर्बाद गरिरहेको बताउदै गुरुङ्गले जबसम्म तिब्र गतिमा सडक आन्दोलन उठन सक्दैन तबसम्म सरकार विस्थापित हुन नसक्ने दाबी गर्नुभयो ।   कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य आनन्द ढुङ्गानाले एमाओवादीले सहमतिका लागि राखेको पाँचबुदेँ पूर्व सर्तलाई गत जेठ २ गतेको बैठक मै काग्रेसले सहमति जनाईसकेको दाबी गर्नुभयो ।सहमति गरेको कुरालाई फेरी सहमति गर भनेर एमाओवादीले अल्मल्याउन खाजेको बताउदै आन्दोलनले मात्रै वर्तमान सरकार बिस्थापन गने बताउनुभयो ।
 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %