देवदह मंसीर २३ । महिला अधिकारलाई स्थापित गर्न सवै महिलाहरु एकजुट हुनु पर्नेमा देवदहमा आयोजित कार्यक्रमका वत्ताहरुले जोड दिएका छन । महिलाहरु शिक्षित र सचेत वन्न सकेमा मात्र महिला मुक्तीको बाटो खुल्ने बताउदै उनीहरुले त्यसका लागि महिलाहरु सधै तयार हुनु पर्ने बताए । अखिल नेपाल महिला सँघ क्षेत्र नं १ रुपन्देहीको भेलामा बोल्दै घरबाट नै महिला हिसाँको शुरुवात हुने भएकाले त्यसबाट वच्न महिलाहरुले एकतावद्ध अभियान चलाउनु पर्नेमा उनीहरुको जोड रहेको थियो । रेवती घलेको अध्यक्षता, संघकी केन्द्रीय सदस्य जानकी न्यौपानेको प्रमुख आतिथ्यता र जमुना बरालको संचालन तथा विद्यालक्ष्मी गुरुङ्गको स्वागतमा भएको कार्यक्रममा संघकी केन्द्रीय सदस्य विकला पन्थी, नेकपा एमाले रुपन्देहीका जिल्ला सदस्यहरु धुव्र खरेल, सिद्धिचरण भट्टराई, ऋषिराम सापकोटा, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य कविराम अर्याल, सिता अर्याल, प्रकाश अर्याल, पदम थापा लगायतले बोल्दै अधिकार प्राप्तीका लाािग महिलाहरु घरघरबाट संगठित हुनु पर्नेमा जोड दिएका थिए । भेलाले लक्ष्मी पंगेनी अध्यक्ष रहेको ११ सदस्यीय नयाँ क्षेत्रीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा सुमित्रा न्यौपाने, सचिवमा जमुना बराल, सहसचिवमा कृष्ण कुमारी क्षेत्री र कोषाध्यक्षमा रुका सापकोटा रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा सुमित्रा वस्याल, कौशिल्या न्यौपाने, रामदुलारी कवर, विष्णु कुमारी गुप्ता, तुल्सा अर्याल र विरमति गुरुङ्ग रहनु भएको छ ।
