नेपालगंज, मंसिर २३, प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल राजनीतिक सहमति गरि बैशाखभित्र संविधानसभाको निर्वाचन गर्न नसके गणतन्त्रको उपलव्धी गुम्नसक्ने चेतावनी दिनुभएको छ ।
आज क्रान्तिकारी पत्रकार सङ्घ बांकेले शनिबार नेपालगन्ज बिमानस्थलमा गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री डा. भट्टराईले सरकार आगामी बैशाखभित्र जसरी पनि संविधानसभाको निर्वाचन सम्पन्न गरि मुलुकलाई निकास दिने पक्षमा भएको बताउनुभयो । उहांले बैशाखमा निर्वाचनका लागि मिति चयन, संवैधानिक र कानूनी व्यवधान हटाउने, संवैधानिक निकायमा नियूक्ती र सबै पक्ष सम्मिलित राष्ट्रिय सहमतिको सरकारका लागि राजनीतिक दलहरुवीच सहमति हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री डा. भट्टराईले पुषको पहिलो साता वा ढिलोमा मध्यसम्म पनि दलहरुवीच सहमति नभएमा बैशाखमा संविधानसभाको निर्वाचन गर्न गाह्रो हुने बताउनुभयो ।
राजनीतिक सहमतिका लागि दलहरुवीच जटिलता भएपनि हतास, निरास र एकअर्कामा आरोप प्रत्यारोप भन्दा पनि सबैपक्ष लचिलो बन्नुपर्ने धारणा राख्नुभयो । उहांले राजनीतिक दलहरुवीच हुने कुनैपनि सहमति मान्न सरकार तयार रहेको बताउदै राजनीतिक निकासका लागि बल दलको कोर्टमा भएको प्रतिक्रिया दिनुभयो ।
D. Ale
