पल्लवी बचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारण सभा

Read Time:1 Minute, 58 Second

गोविन्द घर्ति देवदह मंसीर २३ । सहकार्यको अभ्यास नै सहकारी भएकाले सवैजना सहकारीमा आवद्ध हुनु पर्ने देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । पल्लवी बचत तथा ऋण सहकारी संस्था देवदह–५ को प्रथम साधारण सभामा बोल्दै उनीहरुले सरकारले लिइएको तिनखम्वे अर्थनीतिमा सहकारीको पनि अत्यन्त महत्वपुर्ण स्थान भएकाले यसको महत्वलाई सवैले बुझ्नु पर्नेमा उनीहरुको जोड रहेको थियो । खुम प्रसाद भण्डारीको अध्यक्षता, जिल्ला वचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष कुलानन्द ज्ञवालीको प्रमख आतिथ्यतामा भएको कार्यक्रममा सेवा विकास बैक देवदहका दण्डपानी भट्टराई, गरिमा सहकारी संस्था बुटवलका विष्णु बहादुर थापा, कोलिय वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश अर्याल, देवदह उच्चा माविका केशव घिमिरे लगायतले बोल्दै सहकारी अनेकतामा एकताको प्रतिक भएको बताएका थिए । विनोद शर्माको संचालन र हिरामणि शर्माको स्वागतमा भएको कार्यक्रममा कोषाध्यक्षले तयार पारेको आर्थिक प्रतिवेदन र अध्यक्षको प्रगति प्रतिवेदन साधारण सभाले पास गरेको छ । त्यसैगरी साधारण सभाले समितिको रिक्त रहेको लेखा समितिको संयोजकमा वाकृष्ण रिमाल र कार्यसमितिको सदस्य पदमा भिम प्रसाद न्यौपानेलाई चयन गरेको अध्यक्ष खुम प्रसाद भण्डारीले बताउनु भयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %