तमु भाषा र संस्कृति संरक्षणमा तमु युवाहरुको भूलो भूमिका रहने

Read Time:1 Minute, 16 Second

देवदह मंसीर २३ । तमु भाषा र संस्कृति संरक्षणमा तमु युवाहरुको भूलो भूमिका रहने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । खेमा तमु युवा छोंज धी देवदहले आयोजना गरेको विदाई कार्यक्रममा बोल्र्दै तुम संस्कार र संस्कृतिमा भएको विकृति विसंगतिहरुलाई चिर्दै चिर्दै अगाडि बढ्नु पर्नेमा उनीहरुको जोड रहेको थियो ।  खेमा तमु युवा छोंज धी देवदहका अधयक्ष चेत बहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमु छोंज धीका पुर्व केन्द्रीय सचिव भिम तमु, खेमा तमु छोंज धी देवदहका अध्यक्ष थमन सिंह तमु, मेक बहादुर तमु, भीम ल्होमै तमु, पदम बहादुर तमु,  कर्ण बहादुर तमु, धनु तमु लगायतले बोल्दै आफनो हक र अधिकारको लागि सम्पुर्ण तमुहरु एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । सचिव रिता तमुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %