घाडो भन्दै लडाकु

Read Time:1 Minute, 39 Second

काठमाण्डौ, मंशिर २२

बिभिन्न माग राख्दै आन्दोलनमा उत्रेका बहिर्गमित लडाकुहरुले बिहिबार एकीकृत नेकपा माओबादीको पार्टी मुख्यालयबाट नै मसाल जुलुस निकालेका छन् । अयोग्यको बिल्ला फिर्ता गर्नुपर्ने, स्वेच्छिक अवकाशमा गएका लडाकुसरह सुविधा दिनुपर्ने, पुनस्र्थापना प्याकेजमा भएको भ्रष्टाचार छानबिन गर्नुपर्ने लगायतका १२ बुँदे माग राख्दै अनमिनद्वारा अयोग्य प्रमाणित लडाकुले आज दिनभर पार्टी मुख्यालयमा तालाबन्दी गर्नूका सार्थै साझँ मसाल जुलुस निकालेका हुन् ।

मसाल जुलुसका क्रममा उनीहरुले पार्टी र पार्टी नेतृत्वबिरुद्ध नारावाजी समेत गरेका थिए । आफ्नौ माग प्रति पार्टीले कुनै चासो नदिईएको भन्दै उनीहरुले मंसिर १३ गतेदेखि एकीकृत माओवादीको मुख्यालय पेरिस डाँडामा धर्ना दिदै आएका छन् । बहिर्गमित लडाकुको मागका बिषयमा पटक पटक पार्टी र सरकारबिच बार्ता हुदै आएपनि निष्कर्षमा भने पुग्न सकेको छैन । नेपाली सेनामा समायोजन गर्ने क्रममा अनमिनले ४ हजार ८ लडाकुलाई अयोग्य घोषित गरेको थियो ।

D. Pachabhaiya

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %