अतिक्रमण गरी लगाएको खेती नष्ट, टहरा भत्काईयो

Read Time:1 Minute, 33 Second

देवदह मंसीर २१ । पाल्पाली सामुदायिक वन उपभोक्ता समुह देवदह ३ रुपन्देहीको वन अतिक्रमण गरी लगाएको खेती  नष्ट गर्नुको साथै  टहरा भत्काईएको छ । पाल्पाली सामुदायिक वन उपभोक्ता समुह, भलुही रेञ्जपोष्ट कार्यालय, ईलाका वन कार्यालय शितलनगर र वन अतिक्रमण तथा चोरी निकासी नियन्त्रण सञ्जाल देवदहको संयुक्त टोलीले खेती नष्ट गर्नुको साथै टहरा भत्काएको हो । भलुही रेञ्जपोष्टका प्रमुख अभिमन्यू केसीको नेतृत्वमा गएको टोलीले करिव १३ विगाहा जग्गामा लगाएको खेती र २ वटा टहरा नष्ट गरेको रेञ्जपोष्टले बताएको छ । अतिक्रमित वन क्षेत्रलाई पाल्पाली सामुदायिक वनले ५ दिन भित्र तारवार लगाई संरक्षण गर्नुको साथै आगामी वर्षातमा बृक्षारोपण गर्ने सामुदायिक वनका अध्यक्ष कर्ण बहादुर दर्लामीले बताउनु भयो । वन अतिक्रमणलाई रोक्न पछिल्लो समयमा भएको अतिक्रमित वन क्षेत्रलाई फिर्ता गर्ने कार्य अभियानको रुपमा संचालन गरेको रेञ्जपोष्ट भलुहीका प्रमुख केसीले बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %