काठमाण्डौ, मंशिर २१, सहमतिको सरकारका लागि सहमति गर्न राष्ट्रपतिले दलहरुलाई दिएको समयसीमा आज मात्रै बाकी रहेको भन्दै दलहरूले आन्तरिक तथा बाह्य छलफललाई तीब्र पारेका छन् ।
आज बस्ने प्रमुख ३ दल र मधेसी मोर्चाको बैठकमा सहमतीय सरकार गठन, प्रधानमन्त्रीको साझा उम्मेद्वार, संविधासनभाको निर्वाचनलगायतका विषयमा छलफल गर्ने राज्य सत्ता डट कमलाई काग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभएको छ । उहाका अनुसार ऐनेकपा माओबादीले दिन दिनै नया प्रस्ताब ल्याएर बखेडा झिकेकाले सहमति हुन सकिरहेको छैन । हिजो बसेको ३ दल र मधेसी मोर्चाको बैठकमा एकीकृत माओवादीले सहमतीय सरकार गठनसँगसँगै अरू विवादित विषयहरूमा पनि प्याकेजमै सहमति जुटाउनुपर्ने अडान राखेपछि हिजो बैठक बिना निष्कर्ष सकिएको थियो । ऐनेकपा माओबादीले भने काग्र्रेसले सरकारको मात्रै मुख ताकेर अन्य बिबादित बिषयमा चासो नदेखाएकाले सहमति हुन नसकेको बताउदै आएको छ ।
D. Pachabhaiya
