बज्जिका भाषा प्रमुख दश भाषामा पर्न सफल

Read Time:1 Minute, 31 Second

देब पचभैया
रौतहट, मंशिर २१, बज्जिका भाषा प्रमुख दश भाषामा पर्न सफल  भएपछि बज्जिका भाषी खुशी भएका छन । २०६८ सालको जनगणनाले बज्जिका भाषाको तथ्याङ्क पहिलेको भन्दा बढी देखाएपछि रौतहटमा खुशीयाली छाएको राज्य सत्ता डटकमका सहकर्मीले बताएका छन् । नेपालमा बोलिने १ सय २३ मातृभाषामध्ये बज्जिका भाषा प्रमुख दश भाषामा पर्न सफल भएको हो ।  अब बज्जिका भाषा देशको सातौँ ठूलो मातृभाषाको रुपमा देखिएको छ । देशको कुल जनसंख्यामध्ये भण्डै आठ लाखले यो भाष बोल्ने गरेको पाइएको छ । बज्जिकार्पण साहित्यिक चौमासिकका कार्यकारी सम्पादक सञ्जय सुदामाले राष्ट्रिय जनगणनाको अन्तिम परिणाम बज्जिकाभाषीको लागि उत्साहजनक रहेको बताउनुभयो ।
बज्जिका भाषाका लेखकहरुका लागि तुलसी साहित्य पुरस्कार स्थापना गर्ने समाजसेवी धर्मनाथ प्रसाद जयसवालले पनि बज्जिका भाषाले ठूला भाषामध्ये स्थान पाउन सकेकोमा सन्तोष व्यक्त गर्दै अब राज्यमा यस भाषाको पहिचानको लागि थप कामहरु हुने आशा पलाएको बताउनुभयो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %