अस्ट्रेलियाली बुद्ध भिक्षुहरु गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हून हो भन्नेमा बिस्वस्त

लुम्बिनी कपिलबस्तु  दिवस बिस्वा अभियान अस्ट्रेलियाले सत्यका प्रतिक भगवान बुद्ध नेपालको लुम्बिनिमा जन्मिएको हो भन्ने तत्यलाइ अस्ट्रेलियाली  बुद्ध भिक्षु हरु समक्ष स्पस्ट  पारेका छन l  चौथो लुम्बिनी कपिलबस्तु दिवस अभियानको   अवसरमा उकता कार्य गरिएको हो ज्ञ दक्षिणी गोलार्द्दकै सबै भन्दा ठुलो बुद्द मन्दिर (नान टीयान टेम्पल) र लुम्बिनी  कपिल वस्तु दिवस बिस्वा अभियानका नेपाली समुदाय विच सो सहमति भएको हो l लुम्बिनीलाई प्रचार प्रसार गर्दै बुद्दको जन्मस्थल वारेको गलत चर्चालाई अन्त्य गर्न अस्ट्रेलियाका भिक्षुहरुले नेपालीहरू सँग सह्कार्य गर्ने भएका छन् । बुद्दको जन्म स्थल भारतमा भएको भन्दै ब्यापारिक नियतले गरिएको गलत प्रचार चिर्न लुम्बिनी कपिलवस्तु दिवस अभियान समीतीले गरेको अनुरोधलाई स्वीकार गर्दै अस्ट्रेलियाका बुद्द भिक्षुहरूले सो सहमति जनाएका हुन्। एन एस् डब्लु अस्ट्रेलियाका महावाणिज्यदुतको कार्यलायले समेत शनिवार सो समिति मार्फत एक पत्र नान्टियान टेम्पललाई प्रेसित गरेको छ। लुम्बिनि र बुद्दको जन्मस्थल  वारेको सहि सूचनालाई प्रचार प्रसार गर्न माहावाणिज्य दुतले सो ज्ञापन पत्र सिमिती मार्फत नान्टियानलाई  बुझाएको थियो।
 कार्यक्रममा नान्टियानाका प्रमुख म्युन युले बुद्दको जन्मस्थल लुम्बिनी भएको कुनै दुई मत नभएको भन्दै लुम्बिनीलाई विश्वका सम्पुर्ण वौद्द अनुयायिहरूले तिर्थ स्थलको रुपमा विकास गर्नआफुहरू सहमत भएको जनाइन । उनले आगामि प्रत्येक बुद्द जयन्तिमा नेपाली समुदाय सँग मिलेर बुद्दको जन्मस्थल लुम्बिनी र नेपालको पर्यटन प्रवर्द्दनमा उक्त मन्दिर सघाउने जनाइन । नानटियान मन्दिरले अस्ट्रेलियामा प्रकाशित हुने सम्पुर्ण बुद्द सम्बन्धि लेख , सूचना र प्रचार सामग्रिमा अव देखि बुद्दको जन्मस्थल लुम्बिनी रहेको सत्य सन्देश उल्लेख गर्ने भएको  छ।

कार्यक्रममा अभियानका अस्ट्रेलिया सम्योजक निमा ग्याल्जे  शेर्पाले अभियानले ४ वर्षको अवधिमा बुद्द को जन्म स्थल  सम्बन्धि भ्रम चिर्न अभियानले गरेका प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो।शेर्पाले सत्य समाचार र सुचना प्रसारण गर्न आफुहरूले विस्वभरनै यो अभियान चालेको बताउनु भयो। यस्तै अभियानका अन्य  प्रतिनिधिहरूले समेत अभियानका गतिविधी प्रस्तुत गरेका थिए। अभियान समिति , असनेपालन्युज , चिनारि नेपाल्, नेपाल् वोर्ल्ड टी भि, एम एन टी भि लागायतको सम्युक्त्त सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा  अभियन संग्योजक निमा ग्याल्जे  शेर्पा गोपरमा, भीमसेन सापकोटा ,राम सन्जेल , सुजित गुरुङ, नविन राना , विनोद पौडेल, गंगा नेमकुल , मिस नेपाल ऑस्ट्रेलिया ॠचा धिताल, विनोद पौडेल  लगायतका नेपाली  प्रतिनिधि हरूको रहेको थियो। लुम्बिनी कपिलवस्तु दिवस अभियानले बुद्दको जन्मस्थल  लुम्बिनी भएको भन्दै यस सम्बन्धि अन्य गलत प्रचार को विरोधमा विविध गतिविधि सन्चालन गर्दै आएको छ। बुद्द भारतमा  जन्मिएको हो भनेर लेखिएका पाठ्यक्रमलाई कोरियामा सच्याउनु , बेलायतको सङग्रहालायमा  लेखिएको सूचना सच्याउनु, नेपाली हरूको प्रत्येक कार्यक्रमा लुम्बिनीको प्रचार गरिनु अभियानले चालेका गतिविधि हुन् l

स्मरण रहोस   अभियानले बिस्व कार्य समिति गठन गरेको छोटो समयमा नै चौध वटा राष्ट्रिय समिति, नेपालमा पत्रकारहरु र पर्यटन ब्यबसायीहरुको छुट्टाछुट्टै समिति र स्थानीय स्तरमा पनि समितिहरु गठन गर्ने काम गरेको छ भने गैरआवासीय नेपाली संघको सिडनीमा भएको सातौं क्षेत्रीय सम्मेलनको क्रममा सेप्टेम्बर १, २०१२ का दिन अभियान र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा नौ सदस्यीय “लुम्बिनी प्रबर्द्धन अन्तरास्ट्रिय समिति” गठन गरेको छ १गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण अशोक स्तम्भलाई अन्तरराष्ट्रिय जगत सामू ल्याउने महत्वपूर्ण काम १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले गरेको दिनलाई ऐतिहासिक महत्व दिनुको समेत बहु-आयामिक महत्व हुने भएकोले इतिहासमा पहिलो पटक डिसेम्बर १, २००९ मा ‘कपिलबस्तु दिवस विस्व दिवस’को रुपमा मनाइयो । यस्लाई निरन्तरता दिनको लागि संस्थागत गर्न २०१० मा दुई चरणमा गरी २१ सदस्यीय बिस्व कार्य समिति गठन गरियो l गत बर्षदेखि धेरैको सुझाबलाई ध्यानमा राखी अभियानको नाम लुम्बिनी-कपिलवस्तु दिवस अभियान बनाइएको हो l  लुम्बिनी छिट्टै मेक्का मेदिना र भ्याटिकन सिटी जस्तै संसारभरिका पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्ने कुरामा सन्देह छैन l  यस महान कार्यको प्रचार प्रसारको लागी हामी सबै  देश बिदेश मा बसेका नेपाली हरुको नागरिकिया जिम्मेवारी हो  भन्दा अत्युक्ति नहोला l

निमा ग्याल्जे  शेरपा गोपर्मा, संग्योजक,  लुम्बिनी कपिलबस्तु दिवस बिस्वा अभियान , वोल्लोंग गोंग, अस्ट्रेलिया