काठमाण्डौ, मंशिर १७, उपपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल सरकार गठनका लागी सहमति गर्न राजनीतिक दलहरूलाई अपिल गर्नुभएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्दे श्रेष्ठ आगामी वैशाखभित्र नयाँ निर्वाचन गर्नुको विकल्प नभएकाले चाँडो सहमतिको सरकार निर्माण गर्न राजनीतिक दलहरूलाई अपिल गर्नुभएको हो ।
उहाले अब पनि नया निर्बाचन हुन नसके जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्नसक्ने तर्फ सचेत गर्नुभयो । कृषिलाई व्यावसायीकरण नगरी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न नसकिने उल्लेख उहाको भनाई छ । एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटाले काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न प्याकेजमा सहमती हुनुपर्ने बताउनुभएको छ ।
पहिचान सहितको संघियता, संघियता सहितको संविधान र संविधान सभाबाटै संविधान लगायतका वुँदामा काँग्रेसले सहमती जनाए उसकोे नेतृत्वमा सरकार गठन गर्न सकिने सोपकोटाको भनाइ छ । नुवाकोटमा भएको एक कार्यक्रममा प्रवत्ता सापकोटाले संविधान सभाको विघटन माओवादीको कारणले भएको अन्य दलको भनाई आरोप मात्रै भएको जिकिर गर्नु भयो ।
D. Pachabhaiya
