बन्द हुने भो अमेरिकी डिभि

Read Time:1 Minute, 14 Second

काठमाण्डौ, मंशिर १७, अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभले डिभी भिसा बन्द गर्ने पक्षमा मतदान गरेको छ । तल्लो सदनमा भएको मतदानमा बिधेयकको पक्षमा २ सय ४५ मत परेको थियो । अमेरीकाले वर्षेनी ५५ हजारको संख्यामा विभिन्न देशका मानिसलाई अमेरिका लाने गरेकोमा अब सो प्रक्रिया बन्द हुने भएको छ ।

अब त्यो संख्याको भिसा उच्च प्राविधीक शिक्षा लिएका विदेशमा जन्मेका विद्यार्थीलाई दिने पक्षमा मतदान भएको छ । सन् १९९० मा कानुन बनेपछि  डिभी चिट्ठाको सुरुवात सन् १९९५ मा भएको थियो । डिभीबाट प्रत्येक वर्ष बढीमा ५५ हजार विदेशीले अमेरिकामा काम गर्ने र बस्ने अधिकार प्राप्त ‘ग्रिनकार्ड’ पाउँदै आएका छन् । सन् २००२ पछि नेपालका २९ हजार ८ सय ९५ जना डिभीबाट अमेरिका पुगेको तथ्याङ्क छ ।

D. Pachabhaiya

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %