देब पचभैया, काठमाण्डौ, मंशिर १७, नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिय सरकाले मात्र नया निर्बाचन गर्न सक्ने बताउनुभएको छ ।शानिबार राजधानीमा आयोजित एक कार्यक्रममा खनालले सरकारले जतिसुकै निर्बाचनको मिति घोषणा गरेपनि सहमतिय सरकार गठन नभएसम्म त्यो सम्भब नभएको बताउनुभएको हो ।
उहाले राष्टपतिले दिनुभएको समयसिमाभित्र सहमतिय सरकार गठन गर्न एमाले लचिलो भएपनि सत्तापक्ष त्यसको बाधक भएको टिप्पणी गर्नुभयो । खनालले दलहरुले एकीकृत माओबादीलाइ बिश्वास गर्न छाडेकाले नया निर्बाचनमा नेकपा एमालेको पक्षमा नतिजा आउने बिश्वास गर्नुभयो । एकीकृत माओबादीको सत्तालिप्चाको कारण समयमा संबिधान आउन नसकेको खनालको आरोप छ ।
