वलपरासी, १५ मंसिर
भौतिक योजना तथा निर्माण मन्त्री ह्दयश त्रिपाठीले संविधान सभाको विल्कप संविधान सभा मात्रै भएको बताउनुभएको छ ।
उहांले अन्तिम विकल्प संविधान सभाको अर्को निर्वाचन भएको उल्लेख गर्दै त्यसका लागि राजनीतिक दलहरुबीच विश्वासका वातावरण बनाउनु पर्ने बताउनुभयो ।
आज नवलपरासीको विभिन्न तीन वटा पुलको शिल्यान्यास र बेलाटारीमा रहेको त्रिभुवन उच्च माविको विज्ञान संकायको भवन शिल्यान्यास गर्न आइपुग्नु भएको मन्त्रीले यस्तो बताउनुभएको हो ।
उहांले राजनीतिक दलहरुबीच देखिएको अविश्वासलाई हटाउन अन्तरिम संविधानलाई क्रियाशिल गराउनेको विकल्प नभएको समेत बताउनुभयो । तराई मधेष लोकतान्त्रिक पार्टीका उपाध्यक्ष समेत रहेको त्रिपाठीले भन्नुभयो त्यसका लागि अन्तरिम संविधानलाई क्रियाशिल बनाएर नयां निर्वाचनमा जानुपर्छ ।
उहांले समग्रमा चार पांच वटा बुदालाई एकसाथ अलगरिनु पर्ने समेत बताउनुभयो । मन्त्री त्रिपाठीले संविधान सभाको लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने, सरकार गठनका लागि संसद नरहेको अवस्थामा संवैधानिक व्यवस्था गर्ने, संविधान सभाको चुनानको व्यवस्था र चुनावमा जानका लागि कानुन संसोधन गरेर जानु पर्ने बताउनुभयो ।
मन्त्री त्रिपाठीले आज नवलपरासीको पक्लिहवा र गुठीप्रसौनी गाविसलाई जोड्ने धोवाहा पुल, गुठी सूर्यपुराको अठलहिमा रहेको सोनबर्षा पुल र भुजहवा गाविसको भुजहवा पुल गरी एकसाथ तीन वटा पुलको शिल्यान्यास गर्नुभएको हो ।
नवलपरासीका तराई क्षेत्रमा अहिले निर्माणधिन अवस्थामा करिब एक दर्जन पुलहरु रहे पनि ती पुलहरु आर्थिक अभावका कारण निर्माण पुरा हुन सकेका छैनन् ।
मन्त्री त्रिपाठीका साथमा भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौला, पश्चिमाञ्चल क्षेत्रीय सडक डिभिजनका सुदर्शन भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय निर्देशक उमेश नन्द मिश्रा मध्यमाञ्चलका क्षेत्रीय निर्देशकद्वय देवेन्द्र कार्की र रविन्द्र श्रेष्ठ, नवलपरासीका प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, स्थानीय विकास अधिकारी रामुराज कडरिया, जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा लगायतका सहभागिता रहेको थियो ।
