विदा भए निष्ठावान् काग्रेस नेता तामाङ

Read Time:2 Minute, 10 Second

नेपाली कांग्रेसका नेता भीम बहादुर तामाङको ७८ बर्षको उमेरमा आज निधन भएको छ । शनिबार विहान व्यायमका लागि बानेश्वर स्थित थापागाउँको आफ्नो निवासबाट बाहिर निस्केका तामाङलाई स्वास प्रश्वासमा समस्या भए पछि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । राजधानीको नर्भिक अस्पतालले उनलाई मृत्य घोषित गरेको हो ।  नेपाली कांग्रेसका पूर्व सभासद् रहेका तामाङ लोकतान्त्रिक आन्दोलनका अगुवा समेत हुन् । कांग्रेस नेता वि. पीको सिद्धान्तमा हिड्ने आर्दशवादी नेता तामाङ पूर्व कानुन मन्त्री पनि हुन् । उनी काग्रेस नेता राजेश्याम अधिकारीको घरमा बस्दै आएका थिए । दोलखा जिल्लाका तामाङको तीन जना छोरा र एक जना छोरी छन् । नेपाली कांग्रेसको बाह्रौ महाधिवेशनमा पार्टी सभापतिको उमेद्वारमा समेत उठेका तामाङलाई आदिवसी जनजातिको मुद्धा सम्वोधन गर्न कांग्रेसले कार्यदलको संयोजक बनाएको थियो । उनी देशमा जातीय पहिचान रहितको संघीयता आवश्यक रहेको पक्षमा जनजातिको तर्फबाट वकालत गदै आएका थिए । बहुल पहिचानमा आधारित संघीयता जनजातिलाई मान्य हुने किसिमको उनले प्रतिवेदन बनाएर पार्टीलाई बुझाएका थिए ।  नेपाली कांग्रेसले स्वर्गीय तामाङको शवलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखेको थियो । कांग्रेसले तामाङको निधनमा तीन सम्म पार्टीको झन्डा झुकाएर शोक मनाउँने निर्णय गरेको छ ।

–राज्यसत्ता नेपाल व्युरो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %