काठमाण्डौ, मंशिर १४
सहमतिको सरकारका लागि प्रधानमन्त्रीको सिफारिस गर्न राष्ट्रपति डाक्टर रामबरण यादवले दिएको समयसीमा आज सकिदैछ । एक हप्ताका लागि दिएका समय दलहरुले कुनै छलफल नगरि विताएपछि राष्ट्रपति यादवले फेरि समय थप गर्ने तयारी गर्नु भएको छ । त्यसका आज बेलुकी प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाउनु भएको छ । प्रमुख दलहरुको छलफलपछि आजै अर्को समय सीमा तोकिने राष्ट्रपतिको सचिवालयले जनाएको छ । सहमतिको समय सकिएपनि बहुमतिय
आह्वान गर्ने वा अन्य प्रक्रियाका विषयमा भने कुनै कदम नचाल्ने राष्ट्रपतिका सल्लाहाकारहरुले बताएका छन् । अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न दलहरुलाई आह्वान गर्नुभएको म्याद आज बेलुकी सकिदै छ ।
राष्ट्रपतिका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले सहमतिय सरकार गठन वाहेकको अरु विकल्पमा कदम नचाल्ने सीआईएनलाई बताउनुभयो ।
राष्ट्रपति डाक्टर रामवरण यादवले दिएको समयभित्र सहमति हुन नसकेपछि आजै प्रमुख विपक्षी दलहरु आज समय थप्न राष्ट्रपति समक्ष औपचारीक आग्रह गर्ने भएका छन् । हिजो बसेको संयुक्त बैठकले सहमतिका लागि अझै केही दिन समय थप्न औपचारिक आग्रह गर्ने गरेको थियो । प्रमुख दलहरुबीच राष्ट्रपतिको कदम संवैधानिक कि असंवैधानिक भन्ने विवादले सहमति हुन नसकेको छैन ।
