मध्य तथा सुदूरपश्चिमका स्थानिय प्रशासकहरुको क्षेत्रीय सुरक्षा सम्मेलन नेपालगञ्जमा

Read Time:4 Minute, 24 Second

दीपा आले,
नेपालगञ्ज, १४ मंसिर, गृह मन्त्रालयका सचिव नबीन घिमिरेले नागरिकमा सुरक्षा तथा सुशासनको अनुभुति गराउने सबैभन्दा ठूलो जिम्मेवारी बोकेको सुरक्षा तथा प्रशासनिक निकाय आफ्नो काममा रत्तिभर चुक्न नहुने बताउनुभएको छ ।
गृह मन्त्रालयको आयोजनामा मध्य तथा सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतका जिल्लाका प्रशासन तथा सुरक्षा निकायका पदाधिकारीहरुको दुई दिने सुरक्षा सम्मेलनको उदघाटन गर्दै गृहसचिब घिमिरेले जनताको आंखामा राज्यको उपस्थिती देखाउनका लागि महत्वपुर्ण भुमिका निर्बाह गर्न सबै प्रशासन प्रमुख तथा सुरक्षा प्रमुखहरुलाई निर्देशन दिनुभयो ।
घिमिरेले‘मुलुकको राजनीतिक मोड जता भएपनि राजनिति भन्दा पनि समाजमा शान्ति सुरक्षा कायम गरी आफ्नो दायित्व पूरा गर्नमा केन्द्रीत हुन सबैलाई सुझाब दिनुभयो ।
संबिधान निर्माण जस्तो प्रमुख कार्यभार पुरा गर्नका लागि ठुलो शुरक्षा चुनौति रहेको बताउदै गृहसचिब घिमिरेले जनताले प्रशासनको महसुस गर्न नसकिरहेको अबस्थालाई चिर्नका लागि प्रशासन र सुरक्षा प्रमुखहरुको कार्यसम्पादन ब्यबाहार र सैलिमा आमुल परीबर्तन आएको महसुस दिलाउने बाताबरण बनाउन अनुरोध गर्नुभयो ।
सम्मेलनमा मध्यपश्चिका क्षेत्रिय प्रशासक शारदा प्रशाद त्रिताल, सुदुरपश्चिम क्षेत्रिय प्रशासक आत्माराम पाण्डे,नेपाल प्रहरीका प्रहरी महानिरीक्षक कुबेर शिह राना, शसस्त्रका प्रहरीका ससस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, मध्य र सुदुरका २४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, क्षेत्र, अंचल तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालयका पदाधिकारी र गृह मन्त्रालयका पदाधिकारीहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा देशमा चलीरहेको वर्तमान राजनितिक तरलता संगै खस्कीएको सुरक्षा स्थितीमा बढ्दैगईरहेको सुरक्षा चुनौतिमाथि छलफल गर्दै सुरक्षा रणनिति निर्माण गरीने बताईएको छ ।

 

 

 

 

नेपाल गञ्ज , मंशिर १४

मध्य तथा सुदूरपश्चिमका स्थानिय प्रशासकहरुको दुई दिने क्षेत्रीय सुरक्षा सम्मेलन आजदेखि नेपालगञ्जमा सुरु भएको छ । मध्यपश्चिमका १५ र सुदूरका ९ गरि २४ जिल्लाका सुरक्षा अधिकारीहरु सहभागि सम्मेलनमा प्रभावकारी सुरक्षाका बिषयमा छलफल चलेको  छ । गोष्ठिमा सुरक्षा अधिकारीहरुले आप्mनो क्षेत्रको शान्ति सुरक्षाको अवस्था, सुरक्षाका लागि भईरहेका काम, समस्या तथा चूनौतीका बिषयमा जानकारी गराएको बाँकेका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोख्रेलले जानकारी दिनुभयो । भोलिसम्म चल्ने गोष्ठिले शान्ति सुरक्षाका लागि सुझावसहितको नया रणनीति तय गर्ने पनि पोख्रेलले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागि हुन नेपाल प्रहरीका प्रमुख कुवेरसिंह राना, सशस्त्र प्रहरीका प्रमुख कोषराज वन्त, र राष्ट्रिय अनुसन्धान विभाग मुख्य अनुसन्धानका निर्देशक मोती गुरुङ्गलगायतका उच्च सुरक्षा अधिकारी नेपालगञ्ज पुग्नु भएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %