गोविन्द घर्ति देवदह मंसीर १४ । विश्व एड्स दिवसको अवसरमा गाउँ एड्स समन्वय समिति देवदहले एच आई भि संक्रमित र सरोकारवालाहरु वीच सहभोज कार्यक्रम सम्पन्न गरेको छ । सहभोज कार्यक्रममा बोल्दै जिल्ला एड्स समन्वय समिति रुपन्देहीका अध्यक्ष एवं स्थानीय विकास अधिकारी नारायण ज्ञवालीले एच आई भि संक्रमितहरुलाई आत्मा निर्भर बनाउन विभिन्न आयमुलक क्रियाकलापमा लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले एच आई भि संक्रमितहरु पनि समाजका सदस्य भएका कारण उनीहरुलाई घृणाको दृष्टिले हेर्न नहुने बताउनु भयो । ज्ञवालीले मानव जीवनमा लाग्ने अन्यरोगहरु जस्तै एच आई भि एड्स पनि एउटा रोग भएकोले समाज परिर्वतनमा सवैको समान सहभागिता रहनेमा जोड दिनु भयो । गाउँ एड्स समन्वय समितिका अध्यक्ष तथा देवदह गाविसका सचिव वव्रु वहान सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा देवदह आर्दश बहुमुखी क्याम्पसका प्रमुख मित्रलाल न्यौपाने, केरवानी उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमराज पुरी, सक्रिय सेवा समाजका चुन्नु प्रसाद ज्ञवाली, पत्रकार शेर बहादुर केसी, भेटघाट सहयोग समुहका तिलकराज न्यौपाने लगायतले बोल्नु भएको थियो । उपाध्यक्ष ऋषिराम सापकोटाको स्वागत र देवदह उपस्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारीको संचालनमा भएको कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, एच आई भि संक्रमित तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।
एच आई भि संक्रमित र सरोकारवालाहरु वीच सहभोज कार्यक्रम
Read Time:2 Minute, 10 Second
