पूर्व सह सचिव सवित्री राज भण्डारीलाई विशेष अदालतले भष्ट्राचारी ठहर गदै एक बर्ष कदै र करीब साढे दुई करोड वरावरको जरिमाना साथै पौने तीन करोड बरावरको सम्पति जफत गर्ने फैसला गरेको छ । भण्डारीले पदको दुरुपयोग गरि सम्पति आर्जन गरेको भन्दै एक बर्ष कदै र विगो बमोजिम दुई करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ जफत तथा त्यसबाट आर्जन भएको ४० लाख २१ हजार ८ सय ७ गरि जम्मा २ करोड ४६ लाख ४३ हजार ७ सय ४० रुपैयाँ बरावरको सम्पति जफत गर्र्ने फैसला अदालतले सुनाएको छ । राजभण्डारी निजामति सेवामा भष्ट्राचार ठहरिएर सजाय पाउने पहिलो महिला हुन् । अधिकृत तहबाट सेवा प्रवेश गरेकी राजभण्डारी भौतिक योजना तथा निर्माण मन्त्रालयबाट २०५८ सालमा अवकास प्राप्त गरेकी थिइन । उनले भष्ट्राचर गरेको भन्दै यस अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पछि अख्तियारले मुद्धा चलाए पनि उमेर दहका कारण किनारा राखेको थियो । पछि सर्बोच्च अदालतले मुद्धा सुरु बाटै हेर्न विशेष अदालतलाई आदेश दिए पछि मुद्धाको छिनोफानो भएको हो । अकुत सम्पति आर्जन गरेकी राजभण्डारीले आफ्नी छोरी महिषाको नाममा रकम जम्मा गरेकी थिइन । सम्पतिको स्रोत नखुले पछि उनी भष्ट्राचारी ठहरिएकी हुन् ।
–राज्यसत्ता नेपाल व्युरो
निजामति कर्मचारी महिलामा पहिलो पटक भष्ट्राचारी ठहर
Read Time:1 Minute, 54 Second
