मंसिर १२, विश्व शान्ति र ब्रिटिश साम्राज्यको सम्वृद्विको पक्षमा विभिन्न युद्वमा मारिएका र बेपत्ता पारिएका ६० हजारभन्दा बढी पितृ गोरखाको सम्मानमा गोरखा भुतपूर्व सैनिक संघ ९गेसो०ले आज मंगलबार स्याङ्जाको फेदीखोला-८ साल्मेडाँडामा गोरखा स्मारकको शिलान्यास गर्दैछ।
स्मारकको विभिन्न युद्वमा मारिएका जातिका कन्या र धर्म गुरुहरुबाट शिलान्यास गर्ने कार्यक्रम रहेको गेसो सभापति पदमबहादुर गुरुङले जानकारी दिए। करिब ३ अर्ब रुपैयाँ लागतमा निर्माण गरिने स्मारकको सम्पुर्ण डिजाइनिङ्ग वरिष्ठ आर्किटेक्चर शंकरनाथ रिमालको टोलीले गरिसकेको छ।
स्मारकमा गोरखा समाधि, गोरखा संग्रहालय, जातिय सांस्कृतिक ग्राम, गोरखा टावरसहित पाँच डिब्बाको रेल समेत हुनेछ। स्मारकको पहिलो चरणमा एक वर्षभित्र गोरखा समाधि निर्माण सम्पन्न गरिने गुरुङले जानकारी दिए। पहिलो चरणमा आगामी एक वर्षभित्र समाधि निर्माण गरिसक्छौं, उनले भने, पूरै स्मारक निर्माण पुरा गर्न पाँच वर्ष लाग्ने अनुमान छ ।
उनकाअनुसार समाधि निर्माणका लागि गोरखा सैनिकहरुकै सहयोगमा करिब १० करोड लगानी हुनेछ। ब्रिटिसको पक्षमा युमा होमिएका मारिकएका र बेपत्ताको काजकिरियासमेत नभएका पितृहरुको मंसिर ५ देखि ७ गतेसम्म साल्मेडाँडामै जातिय संस्कारअनुसार काजकिरिया गरिएको थियो। सोही स्थानमा ३ सय रोपनी क्षेत्रफलमा गोरखा स्मारक बन्न लागेको हो ।
