राष्ट्रपति यादव र प्रचण्ड वीच कुनै द्धन्द छैनः प्रधानमन्त्री

Read Time:2 Minute, 22 Second

बुटवल  ११ मंसिर
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति रामवरण्ँ यादव र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालस“ग आङ्खनो कुनै पनि किसिमको द्धवन्द नभएको दाबी गरेका छन् ।
राजनीतिक सहमतीय सरकारका लागि राष्ट्रपतिले गरेको आहृवानलाई सरकारले गैरसंवैधानिक भनेको भोलिपल्ट आज सोमबार नेपाल निमार्ण व्यावसायि महासंघले भैरहवामा आयोजना गरेको १५ औ साधारण सभा तथा राष्ट्यि सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री भट्टराईले राष्टपति र अध्यक्ष प्रचण्ड संग कुनै द्धवन्द नभएको दावी गरे ।
”राष्ट्रपति र प्रधानमन्त्री बीचको द्ध्वन्द भन्ने कुरा बिल्कुल गलत कुरा हो,” प्रधानमन्त्री भट्राईले भने राष्टपति जस्तो गरिमामय व्यात्ति बिबाद भन्दा माथि रहनु पर्दछ हामी कसैले पनि उहालाई बिबादमा तानने हर्कत गर्नु हुदैन ।
प्रधानमन्त्री भट्टराईले यति बेला प्रमुख राजनैतिक दलका नेताहरुको विचमा सुमधुर सम्बन्ध र एकता भाव हुन जरुरी रहेको बताउदै साना तीना कुरामा अलझीन नहुने बताए ।
राष्ट्रपतिको कदममा लचिलो रहेकोमा असन्तुष्ट प्रधानमन्त्रीले एमाओवादी अध्यक्ष दाहालसँग पनि कुनै मनमुटाव नभएको जिकिर गरे ।
राष्ट्रपतिले सात दिनभित्र सहमतीय सरकारको प्रधानमन्त्री दिन अपील गरे पनि भट्टराईले वैशाखमा संविधानसभा निर्वाचन गराउन आफू दृढ रहेको बताएका छन् । यद्यपी उनले सहमतिबाटै निकास निकाल्ने दिशामा उन्मुख भएको बताए । ”वैशाखमा संविधानसभा चुनाव गराउन आवश्यक संवैधानिक र कानुनी व्यवधान हटाउने र राष्ट«िय सहमतिको सरकार बनाउने कुरामा हामी सहमतिमा पुग्छौं,” उनले भने ।

राज्यसत्ता नेपाल ब्युरो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %