देब पचभैया
युकेमा रहेका गाउँका युवाहरुले आर्थीक सहयोग गर्ने भएपछि पाल्पाको वौघागुम्हामा सुविधा सम्पन्न कालीका मन्दीर निर्माण हुने भएको छ । वौघेली परिवार समाजको सहयोगमा निर्माण हुन लागेको कालीका मन्दीरको एक कार्यक्रमको बीच गत हप्ता शिलन्याश गरिएको छ । पहिले देखि नै पुजाआजा गर्दै आएको मन्दीर जीर्ण बन्दै गएपछि सुविधा सम्पन्न नयाँ मन्दीर निर्माण गर् लागिएको हो । मन्दीर निर्माणका लागि युकेमा रहेको समाजका अध्यक्ष श्यामसिंह रानाले ५ लाख २१ हजार ९ सय ७० रुपयाँ नगद आजै मन्दीर निर्माण समितिका अध्यक्ष जुद्धवहादुर थापालाई हस्तान्तरण गर्नुभएको छ । समाजबाट अझै १ लाख थप सहयोग गर्ने पनि आश्वासन उहाँले दिनुभएको थियो । सर्वोदय उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको कालीका मन्दीर वडा ५ मा रहेको हर्रेटापुमा स्थान्तरण गर्न थालीएको हो । मन्दीरको शिलन्याश गर्दै प्रमुख अतिथि समेत रहनुभएका समाजका अध्यक्ष रानाले आफुहरु वाध्यताले विदेमा जिन्दगी गुजार्नु परेपनि जन्मथलोको विकासका निम्ती यो सहयोग गरेको बताउनुभयो । सानै सोच, सानै विचार अनि व्यवहारबाट समाजको विकास हुने भन्दै उहाँले समाजको विकासका लागि सबैको एकता जरुर रहेको बताउनुभयो । मन्दीर व्यवस्थापन समितिका अध्यक्ष टुकवहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा
स्वागत निर्माण समितिका सचिव टेकवहादुर राना र सञ्चालन घनस्याम रानाले गर्नुभएको थियो । होमस्टे सञ्चालन गर्दै आएको वौघागुम्हा गाविसमा निर्माण हुने यस मन्दीरले आन्तरिक तथा वाह्य पर्यटकलाई अझै आकर्षित गर्ने मन्दीर व्यवस्थापन समितिका अध्यक्ष टुकवहादुर थापाले बताउनुभयो । शिलन्याश कार्यक्रममा आइजिपी कुवेरसिं रानाकी धर्मपत्नी एवं नेपाल प्रहरी महिला संघकी अध्यक्ष रीता रानाको पनि उपस्थीत रहेको थियो । कार्यक्रममा पञ्जेवाजा साथै मगर समुदायको मौलीकरुपमा रहेको सालैजो एवं झ्याउरे गित समेत प्रस्तुत गरिएको थियो । पर्यटकिय क्षेत्रको रुपमा परिचित पाल्पा जिल्ला अन्तर्गत
वौघागुम्हा गाविस पनि पर्यटकिय हिसावले निकै महत्वपूर्ण मानीन्छ ।
