त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलले आजदेखि सर्वसाधारणले विमानस्थल हेर्न पाउने व्यवस्था गर्दैछ । विमानस्थल भित्रैबाट विमानस्थल अवलोकन गर्न पाईने भिजिटर्स डेस्क स्थापना भएपछि आजबाट सर्वसाधारणका लागि खुल्ला गर्न लागिएको हो ।
यस अघि यात्रुबाहेका सर्वसाधारण नागरिकलाई मुल गेटबाट भित्र छिर्न दिईदैनथ्यो । सुरक्षाको कारण भन्दै यस अघि सर्वसाधारणलाई विमानस्थल अवलोकन गर्न नदिईए पनि आजबाट नयाँ व्यवस्था गरिएको हो । नेपालको राष्ट्रिय ध्वजाबाहक बिमान सहित नेपालका निजी बिमान कम्पनी र २८ अन्तराष्ट्रिय बिमान कम्पनीले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट उडान गर्दै आएका छन् ।
