राष्ट्रपतिको कदम विरुद्ध माओवादीले भण्डाफोर गर्ने

Read Time:2 Minute, 27 Second

राष्ट्रपति डा. रामबरण यादवले दलीय सहमतिमा ७ दिन भित्र सरकार गठन गर्न गरेको आह्वान असंवैधानिक रहेको नेकपा माओवादीले ठहर गदै राष्ट्रपतिको कदम विरुद्ध भण्डाफोर गर्ने निर्णय गरेको छ । शनिबार बसेको नेकपा माओवादीको पदाधिकारी बैठकमा राष्ट्रपतिको कदम असंवैधानिक रहेको ठहर गरेको हो । यता सत्ता गठबन्धन दलहरुको वैठकले पनि राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै विरोध गरेको छ ।  महान्याधिवक्ता तथा प्रधानमन्त्रीका कानुनी सल्लाकार मुक्ति प्रधानले राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि गरेको आह्वान संविधानको धारा ३८ ‘क’ अनुरुप नभएको बताएका छन् । संविधानका संरक्षक राष्ट्रपति संविधान बाहिर जान नमिल्ने उनले बताएका छन् ।
यता कांग्रेस, एमाले र माओवादीको शनिवार बसेको संयुक्त बैठकले सहमतिको सरकारका लागि वार्ता र छलफल अगाडि बढाउने निर्णय गरेको छ । एक हप्ता बीचमै सहमतिको सरकार गठन गर्न सरकार सहमत रहेको माओवादी उपाध्यक्ष नारायण काजी श्रेष्ठले बताए । राष्ट्रपतिले सहमतिको सरकार गठनको लागि ७ दिनको समय सीमा दिए लगतै सत्ताको नेतृत्वमा दलहरु बीच हानथाप सुरु भएको छ । यस अगाडि सहमतिको सरकारको नेतृत्व आफूले गर्न पाउनु पर्ने कांग्रेसले अडान राख्दै आएको थियो । कांग्रेसले सरकारको नेतृत्वका लागि उमेदवार तोक्न सकेको छैन । यद्यपी केन्द्रिय समितिको बैठक बसेर छिट्टै उमेदवार घोषणा गर्र्ने कांग्रेसले जनाएको छ ।  सत्ताको नेतृत्व कसले गर्ने भन्नेमा पार्टीबीच मै अन्योलता रहेका बेला सहमतिको सरकार गठन प्रक्रिया एक हप्ता भित्रै टुंगिएर मुलुकले नयाँ प्रधानमन्त्री पाउने कुरामा थप आशंका बढेर गएको छ ।
–राज्यसत्ता नेपाल व्युरो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %