सङ्घीय लोकतान्त्रिक मोर्चा, नेपाल, प्रेश बक्तव्य

Read Time:3 Minute, 30 Second

सङ्घीय लोकतान्त्रिक मोर्चा, नेपाल
केन्द्रीय कार्यालय, बालकुमारी, ललितपुर
सम्पर्क फोन नं. ९८५१०६४७७९, ९८५११०९५५७, ९८५१०३६१७७
मिति : २०६९ मंसिर ९ गते

प्रेश बक्तव्य

२०६९ मंसिर ८ गते बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकले संवैधानिक संकट, राजनीतिक गतिरोध र राष्ट्रपतिको कदम सम्बन्धमा गरेको निर्णय सर्वसाधरणको जानकारीका लागि यो प्रेश वक्तव्य प्रकाशित गरिएको छ ।

(१)    बजेटमा राजनीतिक सहमति नहुनु र राजनीतिक सहमति विना काम चलाउ बजेट अध्यादेश मार्फत जारी हुनु नेपाल र नेपाली जनताका लागि दुखःद स्थिति हो र यसले मुलुकको विकास र अग्रगामी परिवर्तन हुन सक्दैन भन्ने मोर्चाको ठहर छ ।
(२)   संवैधानिक संकट र राजनीतिक गतिरोधको अन्त्यका लागि ताजा निर्वाचन नै एक मात्र समाधान हो र त्यसको लागि निष्पक्ष र धादलीरहित निर्वाचन गराउन सक्ने चुनावी सरकारको गठन हो भन्ने यो मोर्चाको दृष्टिकोण हो । संविधानसभाको अवसान भएको ६ महिना वित्दा पनि ठूला भन्ने दलहरुले संवैधानिक संकट र राजनीतिक गतिरोधको अन्त्य गर्न नसकेकोले राष्ट्रपतिले सहमतिको प्रधान मन्त्रीका लागि आह्वान गर्नुपर्ने परिस्थिति आयो र अहिलेको राजनीतिक जटिलता फुकाउनुपर्ने देशको आवश्यक्ताका आधारमा राष्ट्रपतिको आह्वानलाई मोर्चा सकारात्मक ठान्दछ ।
(३)   विगत ६ बर्षदेखि एनेकपा (मा), नेका र नेकपा (एमाले) ले समस–समयमा सरकारको नेतृत्व गरिसकेको र यिनीहरुले देशलाई अग्रगामी निकास दिन नसकेकोले अवको प्रधान मन्त्रि तीन दलबाहिरबाट खोजी सर्वदलीय मन्त्रिमण्डल गर्नुपर्दछ र त्यसका लागि बृहत् सर्वदलीय सर्वपक्षीय राजनीतिक आधारमा निकास खोज्नु सर्वदलीय भेला बोलाउनुपर्ने मोर्चाको धारणा रहेको छ ।
 अन्त्यमा, यो मोर्चाको प्रश बक्तव्यलाई प्रचार–प्रसार गराई सहयोग गरिदिनुहुन सम्पूर्ण पत्रकार एवं सम्पादक प्रकाशकहरुमा हार्दिक आग्रह समेत गर्दछौं । सहयोगको लागि धन्वाद !
 
परशराम तामाङ
प्रबक्ता,
सङ्घीय लोकतान्त्रिक मोर्चा, नेपाल, सम्पर्क फोन नं. ९८५१०६४७७९,
…………………………………………………………………………………………………
मोर्चाका सदस्य पार्टीहरु : मधेशी जनअधिकार फोरम नेपाल, राष्ट्रिय मधेश समाजवादी पार्टी, ताम्सालिङ–नेपाल राष्ट्रिय दल, जनमुक्ति पार्टी नेपाल, नेपाल शान्ति समाज दल, खम्बुवान स्वायत्तराज्य परिषद, नेपाल लोकतान्त्रिक नागरिक पार्टी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %