सुँढेको पुल जिर्ण, वरपार गर्दा मन झसङ्ग, सरकारलाई चासो छैन

Read Time:3 Minute, 34 Second

खड्क आले मगर

मंसिर ७ गत्ते, तनहुं, “सावधान ! यो पुल चुँडिने अवस्था भएकोले एक पटकमा तीन जना मात्र आवज जावत गर्नु होलाः जिल्ला विकास समिति तनहूं ” लेखिएको उक्त बोर्डले एकपटक जो कोहीको मन झसङ्ग बनाछन् सुँढेको पुल वरपार गर्दा l  सरकारलाई चासो छैन, सूचना टासेर मौन छ । तनहूं जिल्लाको पोखरी भञ्ज्याङ गाउँ विकास समिति वडा नं. ८ स्थित सुँढेमा रहेको उक्त झोलुङ्गेपुल अति जीर्ण अवस्थामा रहेकाले जिल्ला विकास समिति तनहूंले उक्त वाक्यंश लेखिएको सुचना पुलको दुबै पट्टि प्रवेश द्वारमा टाँसेर सम्भावित दुर्घटनाबाट जोगिन सचेत गराएका हुन । जिल्ला सदरमुकाम संग जोडिएका पोखरी भञ्ज्याङ गाउँ विकास समिति र काहूँशिव पुर गाउँ विकास समितिलाई जोडने गरि सेती नदि माथि निर्माण गएिकोको उक्त झोलुङ्गेपुल ४७ वर्ष पुरानो भएको कुरा स्थानीय बसिन्दाहरु बताउछन । पुल जिर्ण भइ चुँडिने अवस्था पुगेकाले कतै चुँडेर नदिमा पो परिन्छ की, भनी डराई डराइ पुलबाट वरपार गर्नु परेको यात्रीहरुको गुनासो छ। दैनिक ३०० जना बढी मानिसहरु आवज जावत गर्ने अति ब्यस्त उक्त पुल कुनै दिन चुँडेर घटना नघट्ला भन्न पनि सकिदैन । पुल जिर्ण भएकोले उक्त ठाउँमा नयाँ पुल बनाउने हल्ला धेरै पहिले देखि चलेको तर त्यो हल्ला हल्लामै सिमित रहेकोले स्थानीय जनताहरु आक्रोशित भएको कुरा बताउछन  बैदी ३ दुबुङ बस्ने  दिलबहादुर पाटा मगर । तर त्यही सुँधे पुलमा  हाटल ब्यवासय गरि बस्ने टक बहादुर राना मगर भने ढुक्क छन त्यहाँ पुल बन्नेमा । सबै प्रक्रियाहरु पुरा भइसकेको छ एन.जि.ओ. नेटवर्क तनहुंले उक्त ठाउँमा चाँदै नै नयाँ पुल बनाउने अर्का स्थानीय बसिन्दा गंग बहादुर राना मगर बताउछन ।

२०२२ सालमा लाठ्ठा तानिराखेर २०२४ सालमा स्थानीय बैदी, काहुँशिबापुर, भिरकोट, छिपछिपे, कोटा, केशाटार, पोखरी भञ्ज्याङ लगायतका गाउँ विकाससमितिहरुका जनताको जनश्रमदान र तत्कालिन जिल्ला पञ्चयात दमौली तनहूँको आर्थिक र प्राविधिक सहोगमा उक्त पुल निर्मण भएको थियो । हाल उक्त ठाउँमा  पुलको किनारा हुँदै दमौली घुमाउने जोड्ने बुद्धसि मोटर मार्ग बनि सकेको छ । त्यसै गरि भिरकोट गुम्लेक हुँदै सुँढेपुल जोड्ने र बैदी दुबुङ हुँदै सुँढेपुल नै जोड्ने मोटर मार्ग पनि बन्दै छन । अति ब्यस्त महत्वपुर्ण बन्दै गरेको  उक्त ठाउँमा  चाँदै नै  पुल बनोस !

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %