तिहार पर्वमा देउसीको सन्दर्भ

हरि  घर्ति मगर

“तिहार्” पर्व वली राजा सँग सम्वन्धित भएको र तिहारपर्वमा आज पर्यन्त पनि सर्वत्र देउसी भैलो खेल्ने चलन रही आएकोछ, सो देउसी भैलो खेल्दा भट्ट्याउनेले “वलिराजाको हुकुम हुँदा आएको हामी” जस्ता शब्दोच्चारोण गरिदै आएवाट तिहारपर्व ईतिहासको एउटा निस्चित कालखण्डमा बलिराजाले नै चलाएका थिए भन्ने प्रमाण झल्कन्छ l भैलो देउसरी जस्ता शब्दको नेपाली भाषा र सस्किर्त  भाषामा कुनै खास अर्थ नै  छैन l यि ऐतिहासिक शब्द  मगर भाषामा शब्द उच्चारण भएको भनेर बिभिन्न मगर भाषा विद्द्वानहरुले भैलो र देउसरी फ ए लो बाट भैलो र घे उ स रि बाट देउसरी अपभ्रम्स भएर आएको हो भन्दछन् l यसको मगर भाषामा अर्थ हुन्छ फ ए लो को अर्थ हो लाई बचाय यौ, घे उ स रि को अर्थ ठुलो धर्मात्माको राजालाई बचायौ अर्थात् ठुलो धर्मात्मा वली  राजालाई बचायौ l                                                                                                                                                                                                                                             इतिहासविद् एम एस् थापा मगर अनुसार लिक्षिबी कालिन समयमा बोल्ने बैसाली भाषा र हालको मगर भाषामा धेरै मेल खान्छ l ईतिहासका मर्मोद्घाटन स्पस्ट वक्ताको रुपमा ख्याती प्राप्त प्रो. डा. राजाराम सुवेदी (प्रज्ञा ६५ र १-१३)  ले आफ्नो पुस्तकमा १२ मगरातको केन्द्र पाल्पाको बल्डेङ्गडी थियो जसका संस्थापक वलिहांङ् राजा थिए भँने त्यो राज्यको अन्तिम राजा रनविर रानामगर थिए भन्ने ईतिहासको मर्ममा लुकेको दुर्लव ऐतिहासिक तथ्यहरु रहस्योद्घाटन गर्नु भएकोले र राई, लिम्बु, मगर लगाएतका अधिकाम्स नेपालका आदिवासी जनजातीको भासिक भिन्नत रहे पनि राजालाई “हांङ्” भन्ने गर्छन् भने खस भाषामा राजालाई राजा र संस्कृत भाषामा  राजालाई राजन भनिने तथ्यवाट पनि दिपावली “तिहार्” पर्व नेपालका आदिवासी जनजातीहरुको चाडपर्व थियो भन्ने प्रमाणित हुन्छ l काग, कुकुर र गाईतिहार बलिहांङ् राजासँग र भाईटिकासँग कुनै सरोकार नराख्ने हुँदा तत्काल ब्राम्हण शासकहरुले यो जनजातीको “तिहार” चाडमा घोलिदिएको हो भन्ने नकार्न सकिन्न l हिन्दू धर्मका देविदेवता राम्, कृष्ण, दुर्गा, काली जस्ता अधिकांस देवी देवतालाई हेर्दा हिंसाबाट श्रीजित भएकोले र तिहार कुनै वली दिनेगरी काटमार नहुने हुँदा यो चाड गैर हिन्दुहरुको हो भन्ने सवालमा दुईमत छैन l तथापी विगतमा बाम्हणवादी शासकहरुले हिन्दू धर्मको  चाडपर्व भनेर आम जनसमुदायमा भ्रम श्रीजना गरेको देखिन्छ l स्मरण रहोस् ईतिहासविद् एमएस थापा मगरको प्राचिन मगरहरु र अख्खारीका पुस्तक अनुसार नेपालमा हिन्दू धर्मको विकास १२ औं सताव्दिमा शंकरचार्य नेपालमा प्रवेस भएपछि मात्रै भएको थियो l स्वंयम भारतका प्रसिद्द ईतिहासकार प्रो. भण्डारले दोर्सो सताव्दीदेखि चौथो सताव्दीको अन्त्य सम्म बाम्हणको धर्मलाई दर्साउने कुनै पनि भवन् वा वस्तुकला देखा परेको छैन l हात्तीको जस्तो सुड भएको गणेस देउता ईस्वी सन् सातौ सताव्दी भन्दा अगाडी थिएन l प्राचिन वैदिक धर्म धर्ममा र बाम्हण धर्म हिन्दू धर्ममा परिणत पाचौं सताव्दिमा भएको हो भनेर प्रस्ट भन्नु भएको छ l जवकी बलिहांङ् राजाको तिहार सम्वन्धी किंवदन्ती सताव्दिऔ पुरानो देखिन्छ ।    

(घर्ति मगर अध्यक्ष आदिवासी जनजाति युवा परिषद युएईैका अध्यक्ष हुन)